20th January | 2020 | Monday | 12:22:52 AM

कृषि सहकारी संस्थालाई ट्रयाक्टर हस्तान्तरण

चन्द्रकान्त खनाल   POSTED ON : जेठ ९, २०७४ (६:४० PM)

कृषि सहकारी संस्थालाई ट्रयाक्टर हस्तान्तरण

रुपन्देही । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले सूर्यपुरामा रहेको बर्गदैया तरकारी उत्पादक कृषि सहकारी संस्थालाई ट्याक्टर हस्तान्तरण गरेको छ । 

कार्यालयले यान्त्रिक कार्यक्रम अन्तर्गत व्यवसायिक तरकारीखेती प्रवद्र्धन गर्न ५० प्रतिशत अनुदान दिएको थियो । हरियो तरकारीको पकेट क्षेत्र रहेको सूर्यपुरामा बजारीकरण र व्यवसायिकरणमा ट्रयाक्टरको आवश्यकता रहेको जनाउँदै कृषि सहकारीले जिल्ला कृषि विकास कार्यालयको ७ लाख रुपैँया सहयोगमा ट्रयाक्टर खरिद गरेको हो । 

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले सहकारीले आयोजना गरेको सार्वजनिक सुनुवाई तथा ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा सहकारीका अध्यक्ष पन्नेलाल केवटलाई चाँबी र ब्लुूबुक हस्तान्तरण गरेका थिए । अनुदानको ट्रयाक्टरले तरकारी बजारसम्म पु¥याउन, खेत जोत्न, अन्य कृषिजन्य उपकरणहरु ओसारपसार गर्न सहयोग गर्न मिल्ने सहकारीका सचिव यशवन्त पथिकले बताए । यान्त्रिकऔजारहरुको बढ्दो प्रयोगले कृषिमा लागत कमलाग्ने भएकाले यान्त्रीक औजारमा विषेश ध्यान दिएको पथिकले बताए । 

पछिल्लो समय कृषिमा यान्त्रीकरण गर्न सरकारले विशेष अनुदान दिन थालेको छ । त्यस्तै कृषि इञ्जीनियरिङ्ग निर्देशनालयबाट कृषि यन्त्र उपकरण खरिद गर्दा ५० प्रतिशत अनुदान दिएको छ । 


Views: 242