21st August | 2018 | Tuesday | 3:27:19 PM

पहाडी जिल्ला गुल्मीमा पहिलो पटक मेसिनद्धारा धान रोपाइ (फोटो फिचर सहित )

चन्द्रकान्त खनाल   POSTED ON : Sunday, 16 July, 2017 (7:47:31 PM)

पहाडी जिल्ला गुल्मीमा पहिलो पटक मेसिनद्धारा धान रोपाइ (फोटो फिचर सहित )

हिमालय टाइम्स । पहाडी जिल्ला गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु भएको छ । धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान रोपाई सुरु गरिएको हो ।

 राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोग र जनविकास केन्द्र गुल्मीद्धारा संचालित जलवायु परिवर्तन मैत्रि कृषि प्रविधि तथा जन उत्थान प्रर्वधन कार्यक्रमले सो गाउँपालिकामा धान रोप्ने मेशिन प्रदान गरेको  थियो  । उक्त मेशिन विजयी प्रतिनिधी टिमले गरेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।  आधुनिक मेसिनद्धारा धान रोपिएको हो । धुर्कोट गाउँपालिकामा 

करिब डेढ रोपनी खेतमा ६ वटा प्लटहरु निर्माण गरी क्रमश ः पहिलो हुँदै क्रमश हंसराज, खुमल ४, खुमल १०, सुख्खा ४, सुख्खा ६ र सुख्खा –३ गरी ६ जातका धान रोपिएको हो । जलवायु परिवर्तन अनुकुल धान खेती गरी गरीब, दलित तथा पिछडिएको समुदायको आर्थिक विकासका सहयोग गर्ने लक्ष्यका साथ आधुनिक कृषि खेती प्रणाली अन्तरगत भित्रिएको बताईएको छ ।

धान रोप्ने आधुनिक मेसिन चीनको युनानबाट ल्याइएको र यसले लाइट प्लान्टिङ गरी १ घण्टामा १ रोपनी जग्गामा धान रोप्न सकिने  सो संस्थाका कार्यक्रम  संयोजक थानेश्वर भण्डारीले बताए ।

धान रोपाई कार्यक्रममा पूर्व सांसद टंक प्रसाद पोखरेल, जैसिथोकका वडाध्यक्ष मान बहादुर कँवर, जनविकास केन्द्रका कार्यक्रम  संयोजक भण्डारी, जैसिथोकका पूर्व गा. वि. स. अध्यक्ष ठाकुर प्रसाद पोखरेल, पाञ्चायन माध्यमिक विद्यालयका कृषि शिक्षा शिक्षक अर्जुन प्रसाद खनाल, जैसिथोक स्वास्थ्य चौकीका तारा खनाल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । 

राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको झण्डै ५० लाखको आर्थिक सहयोगमा ३ बर्षसम्म कार्यक्रम संचालन गरिने संस्थाले जनाएको छ ।  तर धान रोप्ने मेशिनको मुल्य भने करिव सवा एक लाख पर्ने र विस्तारै किसान स्वयंले पनि खरिद गरेर धान रोप्न सकिने भएको छ ।