24th June | 2018 | Sunday | 8:53:48 PM

माछा पालनबाट वार्षिक २५ करोड कारोबार

चन्द्रकान्त खनाल   POSTED ON : Monday, 17 July, 2017 (6:45:03 PM)

माछा पालनबाट वार्षिक २५ करोड कारोबार

रुपन्देही । निर्मल पानीपोखरी, पोखरीमा पालिएका माछाहरुको डुबुल्की, पोखरीको वीचमा मानिसहरु बस्नको लागि बनाईएको परम्परागत सेड । त्यहि सेडमा बसेर कतिपय अन्तरिक पर्यटकहरुले माछाजन्य विभिन्न परिकार संगै खादै, माछा मार्ने(लाईभ फिसिंग) गर्दैछन् ।

यो दृश्य हो रुपन्देहीको सियारी गाँउपालिका ५ दयानगरमा बनघुसडीमा रहेको टंक प्रसाद ज्ञवालीले निर्माण गरेको  विश्वास मत्स्य पालन तथा गाई फर्मको हो । 

यो संगै रुपन्देहीको छपिया क्षेत्रमा ११ वटा भन्दा बढि माछा फार्म मा यस्तो प्रकृतिको सेडहरु निर्माण भएका छने ।  ३२ वर्षअघिदेखि माछा पालन थालिएको रुपन्देहीको दयानगर गाविसमा ७ वर्षअघिदेखि अभियानमुखी माछा उत्पादन थालिएको हो । 

यहाँ १ सय ६७ हेक्टर क्षेत्रफलको १ हजार २ सय पोखरीमा माछा पालन भएको छ । ५ सय ५० व्यवसायीक किसानले वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन गर्छन् । यसबाट वार्षिक २५ करोड बढीको कारोबार हुने गरेको छ । कम मेहनत र कम समयमा नगद आम्दानी हुने भएकाले किसानहरु व्यवसायीक माछा पालनमा आकर्षित छन् । 

रुपन्दहीको दयानगर का माछा व्यवसायी टंक प्रसाद ज्ञवालीले हाल ‘माछा रेष्टुरेन्ट’ सञ्चालन गरेका छन् । उनको रेष्टुरेन्टमा हाल दैनिक जसो करिव २०, ३० जना भन्दा बढी आन्तरिक पर्यटकहरु माछाजन्य विभिन्न परिकारहरु खानको  लागि आउने गरेका छन् । ज्ञवाली भन्छन् माछाजन्य परिकारमा नयाँ नयाँ थप्दै गएका छौ, जसले सेवाग्राहीलाई थप तानेको छ । अहिले फीसकरी, फीसमम सहित माछाको अचार, माछाको टिक्का लगायतका परिकारहरु विक्रि वितरण गर्दै आएका छन् । 

दयानगर क्षेत्रमा  १७ वटा माछा फर्म छन् । गाउंमै माछा बजार, जिउदो माछा पसल, दाना उद्योग र मत्स्य प्रशोधन केन्द्र छन् । माछा पालनलाई सहज बनाउन किसानले १२ वटा कृषक समूह र जलदेवी मत्स्य उत्पादन सहकारी सस्था खोलेका छन् । कृषि विकास कार्यालय र मत्स्य विकास केन्द्रको समन्वयमा यी कृषक समूह र सहकारीले वर्षभरि नै माछा उत्पादन र व्यवसायीकतामा सहयोग गर्ने गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत रमेश जैसवालका अनुसार   माछा पालनमा दयानगरका सामान्य किसानसंगै उच्चस्तरका व्यवसायीसमेत सहभागी छन् ।  उनी भन्छन् – ‘८ करोड लगानीसम्मका होम स्टे सहितका माछा पालन केन्द्र र रेष्टुरेण्ट खुलेका छन् ।  दैनिक २ सय बढी किसान तथा पर्यटक आउने गरेका छन् ।’ 


 किन्ने , हेर्ने र माछासंग खेल्ने पर्यटक बढेपछि २ वर्ष यता दयानगरको छपियालाई मत्स्य पर्यटन केन्द्र बनाउन अभियान थालिएको छ । यसमा पर्यटकहरुलाई पोखरीमा घुमाउने, बल्छी खेलाउने, माछाका परिकार खुवाउने र बसोवासको व्यवस्था मिलाउने काम भएको मत्स्य विकास अधिकृत जैसवालको भनाई रहेको छ । 


आम उपभोक्तामा विभिन्न तरिकाबाट माछा खाने बानी बसाल्न माछाका परिकार बनाउन कृषि कार्यालयले समेत तालिम दिन थालेको छ । पर्यटकलाई सजीलै दयानगर लैजान बुद्ध जन्मस्थल लुम्बिनी, बुटवल र भैरहवासंग बजार र सडक संजाल जोडिदैै  गएको प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य जोन सञ्चालक समितिका संयोजक गणेश बहादुर साही  बताउछन् ।  

माछा सम्बन्धी किसानहरुले सहकारी समेत स्थापना गरेका छन् । जलदेवी मत्सय उत्पादक कृषक  सहकारी संस्था स्थापना गरेकोकेही बर्ष भएको छ । सहकारी मार्फत किसानहरुले एक आपसमा भएको समस्याको सामाधानको  गर्दै आएका छन् । माछा सम्बन्धी समस्या आउदा साथ जिल्ला स्तरिमा  प्राविधिक बोलाउन देखि लिएर माछाका विभिन्न योजना, परियोजनाबारे जानकारी लिन सहकारी मार्फत गरिएको छ ।

 जलदेवी  मत्स्य उत्पादक सहकारी संस्थाका कार्यवाहक अध्यक्ष टंक प्रसाद ज्ञवालीका अनुसार बार्षिक रुपमा १३  सय मेटीक टन माछा उत्पादन हुदै आएको छ । उनी भन्छन् हामीले उत्पादन गरेको माछाको प्रमुख बजार बुटवल र भैरहवा हो भने अहिले यहा खुलेका माछा रेष्टुरेन्ट तथा अन्य माछा सम्बन्धी होटलहरुको कारण खपत बढेको छ ।, 

्जिल्ला कृषि विकास कार्यालयका अनुसार रुपन्देहीको कुल ११ सय हेक्टर क्षेत्रफलमा बार्षिक ५३ सय मेटिक  टन माछा उत्पादन हुदै आएको छ ।