19th October | 2018 | Friday | 2:58:26 AM

वैदिक कृषि अनुसन्धान केन्द्र स्थापना हुने

  POSTED ON : Tuesday, 12 December, 2017 (10:51:16 AM)

हिमालय टाइम्स

काठमाडौं । दाङमा वैदिक कृषि अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । नेपाल संस्कृति विश्वविद्यालय र अमेरिकाको आयोवास्थित महर्षि वैदिक विश्वविद्यालयले दाङमा वैदिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने भएका हुन् । दुवै विश्वविद्यालयबीच दाङमा वैदिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी दिएका छन् । 

केही दिनमै संस्कृत विश्वविद्यालय र महर्षि विश्वविद्यालय अमेरिकाबीच सम्झौता हुने उनले बताए । वैदिक कृषिमा आधारित शिक्षा विश्वविद्यालयमा पढाउनुका साथै अनुसन्धान केन्द्रमा सोधखोज गरी यसको उपयोगिता र महŒवका विषयमा प्रकाश पार्ने तयारी छ । वैदिक कृषि विषयमा हाल अमेरिकामा अध्ययनका साथै खेती पनि भइरहेको बताइएको छ । केन्द्र खुलेर यो पद्दति लागू भएपछि नेपाल र अमेरिकाका विद्यार्थी खोज अनुसन्धानका लागि आदानप्रदानसमेत हुनेछ । 

यसैबीच विषादी र रासायनिक मल प्रयोगको न्यूनीकरणका लागि वैदिक कृषि पद्दतिमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । रासायनिक तत्व मिसिएका अनाजका माध्यमबाट विभिन्न रोग फैलिएकाले आफ्नै पद्दतिमा फर्कनुपर्नेमा उनीहरूको जोड थियो । नेपाल संस्कृत विश्वविद्यालय, महर्षि विश्वविद्यालय अमेरिका र नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा उनीहरूले यस्तो जोड दिएका हुन् । 

फाउन्डेशनका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटा, महर्षि विश्वविद्यालय अमेरिकाका पूर्वडिन राजा किङ्स्ले ब्रुक्स, वैदिक कृषिका लागि जापानमा बसी काम गरिरहेका जोन केन एफ, संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रमुख प्राडा काशीनाथ न्यौपाने, विश्वविद्यालय प्राध्यापक संघका प्रा नवराज कट्टेल, विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य अम्बिकाप्रसाद भट्टराईलगायतले वैदिक कृषि र चेतनामा आधारित शिक्षाले संस्कृत शिक्षाको उन्नयनमा सहयोग पुग्ने बताएका थिए ।


Views: 50