18th October | 2018 | Thursday | 12:28:45 PM

हजार नपत्याईएका प्रेमराज अहिले करोडौंमा खेल्छन्

भिम चौधरी   POSTED ON : Sunday, 07 October, 2018 (8:59:18 PM)

हजार नपत्याईएका प्रेमराज अहिले करोडौंमा खेल्छन्

कैलाली । कुनै समय एक हजार रुपैयासम्म जुटाउन नसक्ने अवस्थाका प्रेमराज भट्ट छोटो समयमै  कृषि फर्ममा अब्बल किसानको पहिचान बनाउँन सफल भएका छन् । 

कक्षा नौ पछी थप अध्ययनका लागि कैलाली झरेका प्रेमराज भट्ट गोदावरी नगरपालिका–४, बसन्तपुरस्थित दिदीको घरमा बसेर अध्ययन थाले । एसएलसी उतीर्णपछि कृषि जेटिए र इन्टरको पढाई संगसंगै बढाएका प्रेमराज भट्टलाई आर्थिक अवस्थाले गाँज्न थाल्यो । समस्याले गाँज्न थालेपछि पे्रमराज भट्टले जुक्ति निकाले कृषि कर्म गर्ने । तर, प्रेमराज भट्टसंग मन हुँदाहुँदै धनले त्यति साथ दिएन । आर्थिक अवस्थामा कमजोर परिवारका भट्टले जसोतसो एक हजार रुपैयाको जोहो गरे अनी शुरु गरे च्याउखेती । एक हजार रुपैयाको च्याउको बीउ किनेर च्याउ खेती थालेको भट्टले ६ वर्षमै कृषिबाटै करोडौको कारोबार थालेका छन् । 


घरको पछाडी सानो छाप्रो बनाएर २०६८ सालमा च्याउ खेती शुरु गरेका युवा व्यवसायी प्रेमराज भट्टले अहिले कैलालीको चुरे गाउँपालिका–३, खानीडाँडामा २० टनेल र गोदावरी नगरपालिका–२, तेघरीमा ६ टनेलमा च्याउ खेती गरेका छन् । भट्टले च्याउ खेतीबाट मात्र बार्षिक १० लाख बढी आम्दानी गरिरहेका छन् । वि.स. २०७१ सालमा एक बिघा क्षेत्रफलबाट शुरु गरिएको कुरिलो खेती अहिले ७ बिघामा फैलिएको छ । भट्टले अहिले कैलालीको गोदावरी नगरपालिका–२, तेघरीमा एक बिघा र लालपुरमा ६ बिघामा कुरिलो खेती गरिहेका छन् । 

के.पी. कृषि फर्म दर्ता गरेर च्याउ खेती, कुरिलो खेती, कुखुरापालन, बंगुर पालन गरिरहनुभएका भट्टले सबै व्यवसायमा सफल भएका छन् । २०७० सालमा घरको पछाडी सानो खोर बनाएर पाँच सय कुखुरा पालनबाट व्यवसाय शुरु गरेका भट्टले अहिले आठ हजार कुखुरा पालन गरिरहेका छन् । भट्टले कैलालीको गोदावरी नगरपालिका–२, तेघरी, गोदावरी नगरपालिका–५, लालपुर र अत्तरिया बजारमा अरुको जग्गा लिजमा लिएर कुखुरा पालन गरेका छन् । 


प्रत्यक्ष ११ जना र अप्रत्यक्ष एक सय बढीलाई रोजगारी रोजगारी दिइरहेका भट्टले बंगुरपालन व्यवसाय समेत गरिरहेका छन् । २०७२ सालमा आफ्नो घर रहेको स्थान गोदावरी नगरपालिका–२, तेघरीमा २० वटा बाट शुरु गरेको बंगुर पालन व्यवसाय अहिले बढेर ५० बढी पुगेको छ । कृषिमै हात हालेको छोटो समयमै सन्तोषजनक भएको बताउँने प्रेमराज भट्टले तरिका जाने कृषि कर्ममा घाटाको व्यापार नहुने नहुँदो रहेछ । 

जेटिए अध्ययन गरेका प्रेमराजले शिक्षा संकायमा स्नातकोत्तर गरेका छन् । कृषिलाई निरन्तरता दिनकै लागि जेटिए पढेका प्रेमराजले पढेलेखेकाले कृषि पेशा अंगाल्दैनन् भनेर देखाउँनकै लागि शिक्षा संकायमा स्नातक गरे । च्याउ खेतीबाट व्यवसाय सुरु गरेका प्रेमराजले बिभिन्न कृषि कर्मसंगै पि.के. पोल्ट्री एण्ड कृषि सप्लायर्स पनि संचालन गरेका छन् । प्रेमराजले कुखुरा पालनका लागि चाहिने सम्पूर्ण सामाग्री सप्लायर्सबाट कृषकलाई उपलब्ध गराउँदै आएका छन् । २०७४ मा १५ लाख रुपैयाबाट शुरु गरिएको पि.के. पोल्ट्री एण्ड कृषि सप्लायर्स अहिले करोडमाथी छ ।  पि.के. पोल्ट्री एण्ड कृषि सप्लायर्सबाट मात्र बार्षिक पाँच करोड बढी कारोबार गरिरहेका प्रेमराजले कृषि पेशाबाट मासिक लाखौ कमाई गरेका छन् ।


कृषि पेशालाई आँगालेदेखि नै जीवन परिवर्तन भएको भनाई छ प्रेमराजको । जाने कृषिमै पैसा तमाम रहेको प्रेमराजको तर्क छ । कृषि कर्मसँगै कुखुरा पालक, बंगुर पालक तथा च्याउ खेती र कुरिलो खेती गर्न चाहने किसानका लागि समय समयमा तालिमहरु सञ्चालन गर्दै आइरहेका प्रेमराजले तालिम बापत पैसा भने नलिने गरेको बताए ।

मैले यसैवाट एउटा तेघरी र अर्को धनगढीमा गरेर २ ओटा पक्कि घर बनाए । तराईमा एक घूर जमिन थिएन तर आज २ बिगाहाको मालिक भए , जमिन खरिद गरे । सामानहरु ओसार पसार गर्न गाडीहरु किने ।

कृषि कर्म थालेको ६ वर्षकै अवधिमा गोदावर नगरपालिकाको तेघरी र धनगढीमा पक्की घर बनाउँन सफल भएका प्रेमराजले गोदावरी नगरपालिकाको लालपुरमा दुई बिघा जमिन जोडिसेका छन् भने सामान तथा कुखुरा ओसारपसारका लागि गाडी समेत किन्न सफल भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट च्याउ खेतीका लागि तीन लाख रुपैयाबाट कुनै सहयोग नपाएको बताउँने प्रेमराजेले वास्तविक किसानलाई सरकाले नहेर्ने दुःखेसो छ । पहुँचका आधारमा कृषिको अनुदान दिईने परम्पराले आफूजस्ता वास्तविक किसान मारमा परेको प्रेमराजको गुनासो छ ।


सफलताको बाटो सहज त छैन, एक कृषकले कर्मशिल भई काममा लागेमा सफलता त्यति टाढा पनि छैन । कुनै पनि व्यवसाय गर्दा चुनौति र असहजता आउन सक्छ तर काम प्रति दृढ भएर लागेमा जस्तोसुकै चुनौतिको सामना गर्दै सफलताको शिखर चुक्न पनि त्यति गाहो छैन ।


Views: 147