18th July | 2019 | Thursday | 2:04:47 AM

विपन्न किसानहरुलाई कृषि साम्रगी हस्तान्तण

चन्द्रकान्त खनाल   POSTED ON : मंसिर २३, २०७५ (१:०३ PM)

विपन्न किसानहरुलाई कृषि साम्रगी हस्तान्तण

रुपन्देही । रुपन्देहीको दक्षिणी पश्चिमी पिछडिएको क्षेत्रमा एक कार्यक्रमका बिच स्थानीय किसानहरुलाई कृषि जन्य साम्रगी तथा साधनहरु वितरण गरिएको छ ।

कोटहीमाई गाउँपालिकाको वडा नं ४ बैरघाट मा का कृषकहरुलाई साम्रगीहरु वितरण गरिएको हो । कतार च्यारिटी नेपालको सहयोग र लुम्विनी एकिकृत विकास संस्था कपिलवस्तुको व्यवस्थापनमा उत्त साम्रगीहरु वितरण गरिएको हो ।

 स्थानीय गाउँपालिकाले छनौट गरेका विपन्न तथा गरिव किसानहरुको लागी आर्यआजर्न गर्नको लागी जिवविको पार्जन परियोजना साना किसान सहायता कार्यक्रम संचालन गरी उनिहरुलाई साम्रगी वितराण गरिएको हो । 

स्थानीय किसानहरुको खेत जोत्नको लागी २ वटा हाते ट्याक्टर  १७ जना किसानहरुलाई ८,८ घारका दरले मौरीका घार, ३८ जनालाई एक सय वटाका दरले लेर्यस  कुखुराका चल्ला तथा दाना र खोर निर्माणको लागी जाली वितरण, २५ थान खानेपानीको लागी हेण्ड पम्प वितरण तथा ११ जनालाई  ५ वटाको दरले जमुनापारी बाखा्र वितरण गरिएको छ । 

कार्यक्रमको प्रमुख अतिथीको रुपमा वोल्दै संघिय सासंद अतहर कमालले विपन्न किसानहरुको आयआजर्नको लागी तालिम तथा कृषि जन्य साम्रग्री वितरणले जिविकोपार्जन तथा आयस्तर उठाउन सहज हुने बताए ।

 वितरण गरिएको साम्रग्रीको सही सदुपयोग गर्नको लागी स्थानीय किसान तथा गाउंपालिको निगरानी हुनु पर्ने बताए । त्यस्तै सांसद प्रमोद यादवले पिछडिएको क्षेत्रमा किसानमुखी कार्यक्रम ल्याएर किसानहरुलाई कृषि पेशामा व्यवसायीक तर्फ लैजानु पर्ने काम भएको हुंदा यसको किसानलाई प्रतक्ष फाइदा पुग्ने बताए । 

त्यस्तै ५ नं प्रदेशका प्रदेश सदस्य वासिउद्धिन मुसलमनले किसानहरुको आयस्तर बढेमा आर्थिक तथा  सामाजिक क्षेत्रको विकास हुने बताए । कोटहिमाई गाउंपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले कतार च्यारेटी नेपाल र लिडो नेपालले गाउंपालिका आएर स्थानीय जनताको आयस्तर वुद्धिमा ठुलो योगदान दिएकोमा गाउंपालिकाको तर्फवाट धन्यवाद ज्ञापन गरे ।


Views: 140