24th August | 2019 | Saturday | 12:05:22 AM

ठूलो फलाउनु तर, स्वस्थ फलाउनुपर्छ–प्रधानमन्त्री ओली

  POSTED ON : चैत्र १९, २०७५ (५:१७ PM)

ठूलो फलाउनु तर, स्वस्थ फलाउनुपर्छ–प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्गा्निक खाद्यवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘अर्गा्िनक उत्पादनमा जोड दिनुपर्छ । विकास गर्नुपर्छ, ठूलो फलाउनुपर्छ तर, स्वस्थ फलाउनुपर्छ ।’ थोरै तर अर्गा्िनक उत्पादन गरेपनि अरुले भन्दा राम्रो मूल्य लिन सकिने उनले बताए । अब सहकारीमार्फत ठूलो क्षेत्रमा एउटै बाली लगाउने र प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग जोड्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले मूल्य पाएन भनेर खानेकुरालाई सडकमा नफाल्न समेत आग्रह गरेका छन् । दूध विकेन भने कुराउनी पकाउने, दही जमाएर घ्यू निकाल्न सकिने, मुला विकेन भने सिन्की बनाउने सकिने भन्दै उनले किसानहरुको ध्यानाकर्षण गराए ।


Views: 151