7th December | 2019 | Saturday | 7:15:27 PM

रोपाइँको रमाइलो ! हराउँदै लोक भाका

सरिशा अछामी   POSTED ON : असार १५, २०७६ (२:११ PM)

रोपाइँको रमाइलो ! हराउँदै लोक भाका

काठमाडौं । हिमाली काखका फाँटदेखि तराईको मैदानसम्म असारमा खेतका गह्रा–गह्रामा असारे भाका गुन्जिन्छन् । फरक हुन्छ त केवल लय, शैली र भाषा । ‘छुपु छुपु रोपी ध्यानको विऊ एउटा रोपी मुरी उब्जाउ भन्दै रमाउँदैछन्  मुलपानीचौरका रोपारेहरु  ।

समुदायमा धान रोप्ने बेला यस्ता थुप्रै मौलिक गीत गाउँछन् । रमाइलो गर्दै रोपाइँ गर्दा थकाइ बिर्सिन्छन् । अन्य काम गर्नेलाई पनि मनोरञ्जन हुन्छ । गीतले गर्मी र वर्षामा केही राहत दिन्छ । काम गर्न थप जाँगर चल्छ । ‘आफ्नै गीतमा रमाउँदै रोपाइँ गर्दा झन आनन्द लाग्ने कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीचौरकी मञ्जु बस्नेत बताउँछिन् ।

उनका अनुसार मौलिक गीत भने पुराना पुस्तामा सीमित बन्दै गएपनि नयाँ गीतलाई पनि त्यही भाकामा मिसाएर गाउँदा खुब रमाइलो लाग्छ ।  नयाँ पुस्ताले सिको नगर्दा लोप हुन सक्ने चिन्ता छ । तर, हामीले भाका लय मिलाएमा असारे समयमा जस्तो गीत गाउँदा पनि केही फरक पर्देन । रोपाइको समयमा पिडा पोख्ने खालको गीतहरु पनि गाउने हासि मजाक गर्दे दही चिउरा रोटी खाजा खाएर कामको अनुभव नभई दिन कटाउने समय रमाइलो गर्ने  असारे रोपाइ हो । 


 मञ्जु भन्छिन् ‘रोपाइँको गीत एक्लै गाउँन मिल्दैन । साथ दिने अर्को समूह पनि चाहिन्छ । हामी पुरानै गीत गाउँछौं । पुरानो गीतहरु राम्रो संग त आउँदैन तर, लय भाका मिलाएर गाउने गछौं । असारे भाकामा अन्य गीतहरु लय मिलाएर गाउँदा पनि रमाइलो हुने उनले बताइन । ।

 उनले मुस्कुराउँदै भनिन् –अहिलेका पुस्ताले गीत नजानेपछि हराउने चिन्ता छ । ‘हाम्रो पालामा असारेगीत गाउने प्रतिपर्धा चल्थ्यो । हाल आएर पुस्तौनी गीत कम गाउन थालिएको छ ।’ रोपाईको रमाइलो हिलो छया्प्दै । माटो खेल्दै काम गर्दाको खुसी अन्य कुरामा काहाँ पाइन्छ र उनको प्रश्न थियो । 

त्यस्तै, धान रोपाइँ गर्दा समुदायका थुप्रै आफ्नै मौलिक गीत छन् । समुदायका युवा पुस्ताले पनि बिर्सिन थालेका छन् । ‘धान रोपाइँका बेला निकै रमाइलो हुन्छ । अहिले पनि रोपाईको बेला छुट्टै रमाइलो लाग्ने उनले आफ्नो  धारण व्यक्त गरिन् ।

मुलपानीमा असारे धान रोपाइँको बेला हिलाम्य खेतमा नाच गरेर रमाइलो गर्ने चलन रहेको छ । ‘बाह्र मुठा धान रोपे बाह्र मुरी धान’ फल्ने परम्परागत भनाइ छ । ‘धान रोपाइँको दिनमा  नाच्ने महिलाहरुमा अझैपनि छन् ।  हिलो छ्याप्ने धान रोप्ने स्थानमा खाल्डो बनाई रोपारलाई खाल्टोमा हाल्दै रोपारलाई हिलाम्य बनाएर रमाइलो गर्ने गरेको बाउसे  राजिव श्रेष्ठले बताए ।  

“जहाँ गए पनि जे गरे पनि, भागेन है मनको पीर” भन्दै अर्काे रोपार मुलपानीचैरकी बेली विसुन्के लय मिलाउँदै गीत गाउन सुरु गरिन् । उमेरले ४९ काटेको हुँदो हो तर, स्वर निकै मधुर थियो । सब रोपारहरु उनको लयमा लय मिलाउँदै गीत गाउन आउनेजस्तो जस्तो गरी स्वर मिलाउन थाले । 

बेलीको अनुसार असार महिना वा खेतीपाती गर्ने अरू महिनामा मनका दुस्ख पोख्ने चलन छ । ‘धान रोप्ने दिनमा पनि हामीले यस्तै गीत गाउँछौं,’ उनले भनिन् । 

उनले गाएको असारे गीत यस्तो छ – “असार लाग्यो लाउनु रे खेती,माया लाउनु रे आफु भन्दा जेठी” किसानको लागि असार महिना एउटा उत्सव हो । यही उत्सवमा हिलो र धानको बिउँसँगै दिनभर खेतमा रमाउने गर्छन् । असारमा गाइने र रमाउने गीतहरु नयाँ नभएपनि पुरानै गीतमा रम्दा खुसी हुने उनि बताउँछिन् । 

असारे गीतको महत्व पनि जनमानसमा घट्दै गएको उनको ठम्याई छ । यस्ता गीतको भाका अन्य गीतजस्तो सरल र सजिलो छैन उनी भन्छिन ‘लेग्रो तानेर गाउने हुँदा रेकर्ड गर्न कलाकारहरु इच्छुक देखिदैनन् । तर रोपारहरु गाउँछन् जस्तो भएपनि । 


किसानका लागि वास्तविक चाड असार भएकोले एक महिनाभरी काम गरी वर्षसम्म खान पु¥याउने र कामसँगै रमाइलो चाहिने हुँदा विउँ, हली, रोपारहरुको बारेमा गीत बनाएर गाएर मेलो सक्ने चलन रहेको उनेले बताइन् । 

अर्का हातमा कोदालो समातेर उभिरहेका हरि श्रेष्ठ भन्छन् ‘हरियो डाँडा माथि हलो जोत्ने साथी‘ भन्ने गीतले असारको झल्को आउँछ । आज भोली हलो जोत्न नपर्ने भएपनि गीत धेरैले गाउने गरेको बताए । उनका अनुसार ‘रिमी र झिमी पानी है प¥यौ असारे मासैमा, हिडेको हामी धान रोप्न बेंशीको फाँटैमा जस्ता गीतहरु आफु युवा पुस्तामा हुँदा खुबै लोकप्रिय भएको अनुभव बताए । 

उनले आफ्नो असारे रोपाइको अनुभव सुनाउँदैन भने पहिला धान रोप्न जाँदा नै माया प्रेम बस्थ्यो गीत गाएर । धान रोप्न जाँदा गाएको गीतले नै माया झल्काउँथ्यो । विहे पनि हुन्थ्यो उनले मुस्कुराउँदै भने । 

मानु खाएर मुरी उब्जाउने  महिनाजस्ता लामा दिन छन् । बिहानै चिबेचरीको चिरबिरबाट जागेको जगत् साँझ सात साढे सात बजेसम्म सक्रिय रहन्छ । साँझ हल फुकेपछि पनि आफ्नो निवासस्थलसम्म पुग्न एक घण्टा हिँड्नै पर्ने समयमा गीत गाउँदै हिड्दा थकाई विर्सना सक्ने हुँदा गीत गाउँदा खुब रमाइलो हुने रोपार मिना बस्नेतले बताइनर्् ।

दशनङ्ग्री खियाएर रगत, पसिना बगाएर, दुबोले जेलिएको र जरिर्एको, चाम्रो माटो जोतेर, ताछेर, हिलाएर, मोही लगाएर नौनीसरि बनाएर त्यसमा धान रोपिन्छ । असारे मेहनत मंसिरमा प्रकट हुन्छ । पहेँलपुर धानका बाला झुलाएर समस्त धरतीका जनहरूलाई जाउलो मोह मिलाइदिने ती सम्पूर्ण हली दाइ, बाउसे, खेतालीहरूलाई हार्दिक अभिनन्दन गर्न मन लाग्छ । कृषिकर्मको शुभारम्भ गरिने असारे महिना साह्ै राम्रो लाग्ने रोपारहरुले बताए । 

रोपारे मध्येको अलि उमेर ढल्कदै गरेको आमा कान्छी माया विसुन्के भन्छिन् ज्यामिरे, बिरुवा, सिसुवा वा निबुवाको फाँट हुन्थ्यो । बाह्रबीसे, सातबीसे वा सेराको फाँट हुन्थ्यो ।  उज्यालो हुनुभन्दा अगावै रोपाइँ गर्ने गरामा कुलाको पानी सोझयाउनेहरूको चहलपहल सुरु भईसकेको हुन्थ्यो । बिहानको आठ बज्दानबज्दै गाउँले पीपलको चारपाटे चौतारीमा हली बाउसे र खेतालीहरूको सानोतिनो भीड तल बेंसीको फाँटबाट प्रस्ट देखिन्थ्यो  । 

फेरी थप्दै भनिन्  काँधमा हलोजुवा भिरेका हलीहरू, कोदाली र बाउसो समातेका बाउसेहरू हलगोरु खेद्दै बिस्तारै बेंसीतिर छरेको दुश्य हुन्थ्यो ।  हिलोमा रोपाइँ गर्ने भए तापनि सलक्क कपाल कोरी, चुल्ठेडोरी बाटेका निधारमा टीका, चुल्ठामा पातीको पात सिउरेका खेतालीहरू मसक्क मस्किदै असारे गीतको रंगीचंगी भाकामा रमाउँदै बेंसीतिर झरर्ने सम्पूर्ण फाँटभरि रोपाइँको चहलपहल र रमाइलो आफ्नै पाराको  त्यो बेलाको रमाइलो सम्झदा पनि आनन्द लाग्ने असरे महिना साच्चै रमाइलो हुन्छ ।

उनका अनुसार अझै पनि असारका पहिलाको दिनजस्तो नभएपनि साह्ै रमाइलो लाग्ने भएर सारा पिडा भुल्न सक्ने खुसी मिल्छ । रोपाइ सक्किसकेपछिको दुश्य साह्ै लोभलाग्दो हुन्छ  असरे रोपाइको खुसी सायद अन्य कुरामा नपाइने धारण व्यक्त गरिन् । 



Views: 185

सम्बन्धित सामग्री:

मुस्ताङको स्याउ खेती

: मंसिर २०, २०७६ (४:०८ PM)

पहेँलपुर कुपिन्टार

: मंसिर १०, २०७६ (६:०९ PM)