7th December | 2019 | Saturday | 8:05:42 PM

सप्तरीको रुपनीमा धान दिवस तथा रोपाइँ महोत्सव

  POSTED ON : असार १५, २०७६ (६:१२ PM)

 सप्तरीको रुपनीमा धान दिवस तथा रोपाइँ महोत्सव

राजविराज । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले वर्षा अभावले आजका मितिसम्ममा ५० प्रतिशत धान रोपाइँ भइसक्नुपर्नेमा ३ प्रतिशतपनि रोपाइँ हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन ।

प्रदेश २ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनकपुरधामले सप्तरीको रुपनी गाउँपालिका १ रायपुरमा आइतबार १६ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताका हुन ।

किसान समृद्ध भएमा मात्र प्रदेश समृद्ध हुने भन्दै किसानको समृद्धिका लागि प्रदेश सरकारले अल्पकालीन र दीर्घकालीन योजना नीति तथा कार्यक्रममा ल्याएको भन्दै उनले परम्परागत निर्वाहमुखी भन्दा व्यवसायिक खेतीमा लाग्नु पर्नेमा जोड दिए । 

मन्त्री साहले प्रदेशका अधिकाँश मानिस कृषिमा आश्रित रहेकोले यस प्रदेशलाई कृषि प्रधान प्रदेश बनाउने प्रदेश सरकारको नीति रहेको प्रष्ट पादै भने  सिंचाइको दिगो समाधानका लागि कोसी–कमला डाइभर्सन, १२ औं महिना पानी आउने नदीनालामा कुलोपैनी, डीप बोडिङ, साना किसनालाई स्यालो ट्युववेल जडान कार्य अघि ल्याएको बताए । यतिबेला प्रत्येक खेतमा पर्याप्त पानी हुनुपर्ने थियो । तर, जलवायु परिवर्तनको प्रभाव कारण खेतहरु सुख्खा छन । धान रोपाइँ प्रभावित भएको छ ।

खाद्य सुरक्षाको मुख्य श्रोत धान खेती रहेको तर, खेतीका लागि पानी चाहिन्छ, किसानको प्रमुख समस्या पनि यहि हो, उनले भने , किसानको खेतमा पानी आयो भने धेरै समस्या समाधान हुन्छ । सरकारले कृषिलाई प्राथमिकता राखेको भन्दै उनले कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्नमा जोड दिए ।

भूमी व्यवस्था कृषि सहकारी मन्त्रालय जनकपुरधामको आयोजना, राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्य तथा रुपनी गाउँपालिकाको व्यवस्थापनमा आयोजित सो कार्यक्रममा मन्त्रलायको सचिव विजयचन्द्र झाले यसै प्रदेशमा गुणस्तरीय विऊविजन पाइने गरेको जानकारी दिदै उन्नत जातको धानको विऊमा अनुदान दिएको जानकारी दिए ।  

       सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले प्रदेश स्तरीय मनाइरहेको धान दिवस संघीयताको उपज रहेको बताए । कार्यक्रममा रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष , डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साह,सतिशकुमार सिंह, राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष मुक्ति यादवले किसानको मुख्य समस्या समयमा मलखाद्य नपाउनु, सिंचाइँ अभाव, विऊविजन, प्राविधिक सहयोग नपाउनु, उत्पादित बस्तुको उचित मूल्य नपाउनु, बजार व्यवस्थापन लगायतको रहेको बताए । 

मानो रोपेर मुरी फलाउने असार १५ नेपाली कृषकहरुको महत्वपूर्ण दिनका रुपमा हेहिन्छ । नेपालमा असार १५ का दिन हिलो टेक्नु पर्ने मान्यता छ । 


खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा वि.सं.२०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन सुरु गरिएको हो । 


Views: 88

सम्बन्धित सामग्री:

मुस्ताङको स्याउ खेती

: मंसिर २०, २०७६ (४:०८ PM)

पहेँलपुर कुपिन्टार

: मंसिर १०, २०७६ (६:०९ PM)