18th August | 2019 | Sunday | 2:51:11 AM

प्रदेश २ मा धान दिवसको रमझम तर छैन खेतमा पानी

पुरन साह   POSTED ON : असार १५, २०७६ (२:३२ PM)

प्रदेश २ मा धान दिवसको रमझम तर छैन खेतमा पानी

जनकपुरधाम । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । प्रदेश २ मा समेत संघ तथा प्रदेशका मन्त्रीहरु किसानहरु संगै धान रोप्दै चुरा, दही  र आँप खाएर दिवस मनाइएको छ । यद्यपि किसानहरु धान रोप्न अझै आकाशे पानीको भर परिरहेका छन् । 

देशमै सवै भन्दा बढी युवा विदेश पलायन हुने प्रदेश नं. २ मा धान रोप्न मजदुरको त अभाव छ नै सिचाँइको समेत अभाव रहेको यस प्रदेशमा धान दिवस मनाइ रहँदा आजको दिन सम्म धान रोपनीको कुनै आधार तयार भइसकेको छैन । ने खेतमा पानी छ न त रोप्ने विउँ नै तयार भएको छ । मल खाद्यको समस्या त पुरानै हो । एक समय भारतलाई धान निर्यात गर्ने यो प्रदेशका करिव ४० प्रतिशत युवाहरु बिदेश पलायन हुनु, चुरे विनाशका कारण समयका वर्षा नहुनु र सिचाँई तथा मलखाद्यको अभावका कारण प्रदेशमा धान उत्पादन कम हुदै जाँदा भारतको कतरनी चामलले प्रदेश चलिरहेको अवस्था छ । बिज्ञहरुका अनुसार यस वर्षको मौसम पुर्वानुमानको आधार अनुसार मनशुन दश दिन ढिला सुरु भए गत वर्षको तुलनामा २० देखि २५ प्रतिशत धान उत्पादनमा कमी आउने छ । 

धान विशेषज्ञ डा. रामवरण यादवका अनुसार समयमै वर्षा हुँदा गत वर्ष धान उत्पादनमा ९ प्रतिशतले वृद्वि भई ५६ लाख मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष त्यस मात्रामा कमी हुने सक्ने चिन्ता छ । यद्यपि धान दिवसका किसानहरुसंगै खेतमा रोपनी गर्न पुगेका संघिय तथा प्रादेशिक मन्त्रीहरु सिचाँइ, आधुनिक प्रविधी र उपकरण तथा मलखाद्य आपुर्तीका लागि आफनो सरकार प्रतिवद्व रहेको दावी गरेका छन् । धनुषाको सिरसियामा नेकपाका नेता डा.संजिव यादव र अजय यादवको पलहमा भएको धान दिवसमा संघयि सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ किसानहरुसंगै रोपाई गरेका छन् । मन्त्रीहरुले यस्ता दावी गरिहँदा किसानका अगुवाहरु भने स्थानिय सरकार कृषि भन्दा पनि सडक, नाला सहितका आमदानीमुखी विकासमा मात्र केन्द्रित रहेको आरोप लगाउछन् । धान दिवसमा वडा अध्यक्ष र सदस्यहरुको अनुपस्थिती तर्फ संकेत गर्दै उनीहरुले किसान र कृषि तर्फ स्थानिय सरकारको कुनै चासो नरहेको आरोप लगाउछन् । 

एकआध खेतहरुमा पानी तत्काल पानी पटाएर दिवसको दिन केहि धान रोपेर उत्सव मनाएपनि वर्षाको अभावमा अहिले सम्म धान रोपाईको अनिश्चितता कायमै छ । कतै बिउँ समेत नरोपिएको अवस्था छ भने रोपिएका विउँ समेत जलेर खरानी हुने समस्यासंग यहाँका किसानहरु जुद्दि रहेका छन् । सिचाई, नयाँ प्रविधी र मलखाद्यको व्यवस्था भए देशलाई पुन : धानमा आत्मनिर्भर बनाउने दावी यहाँको किसानहरुको छ । 


तस्वीर : धान दिवसको अवसरमा धनुषाको सिरसियामा धान रोप्दै मन्त्री महासेठ । तस्वीर : पुरन साह




Views: 58