7th December | 2019 | Saturday | 8:10:31 PM

परम्परागत बाली लोप हुने चिन्ता

सत्यराज सिंह   POSTED ON : असार १६, २०७६ (३:२४ PM)

परम्परागत बाली लोप हुने चिन्ता

 बझाङ  । 

सानो छ खेत, सानो छ बारि, सानै छ जहान 

नगरि काम पुग्दैन खान साँझ र विहान

कवि माधव प्रसाद घिमिरेले कवितामा भने झै यो असारे महिना मानो खाएर मुरी उब्जाउने समय हो । बझाङ जिल्लामा पनि धेरै जसो ठाउँहरुमा रोपाइँ भएता पनि कतिपय खेतियोग्य जमिनमा रोपाइँ हुन बाँकी छ । बझाङ जिल्ला उब्जनिको हिसाबमा राम्रो मानिय पनि जिल्लामा सबै गरि ७ हजार १ सय १० हेक्टर जमिनमा रोपाइँ हुने गरेको पाइएको छ । 

हाल भने ३ हजार हेक्टर  करिब ४५ प्रतिशत रोपाई भए पनि जस्मा ६ हजार ४२ हेक्टरमा आंशिक तथा पुर्ण सिँचाई भए पनि १ हजार ६८ हेक्टरमा भने आकासे पानीको भरमा पर्नु पर्दछ । बझाङ जिल्लाका कतिपय ठाउँमा भने पानि नपर्दा किसानले राखिएको बिऊ समेत सुकेर गएको जयपृथ्वी नगरपालिका १ का किसान जग्ग सिंहले बताए । बझाङ जिल्लामा विशेष गरेर लेकाली भेगमा चन्दनाथ १ र ३ छुम्रुक र मार्सिधान  तल्लो भेगमा भने स्थानीय थापाचिनी र नयाँ उन्नत जातमा हर्दिनाथ १ र २ र खुमलचार ८ र १० जातको बिउ रोप्ने गरेको  कृर्षि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख दिल बहादुर सिंहले बताए ।

उनले भने बझाङ जिल्लामा मकै , जौ, कोदो र फापर अन्न बाली उत्पादन भए पनि भाते संस्कृति र मानिसहरुले भातै खाने बानिका कारण जिल्लामा खानको लागि चामल बाहिरबाट आयात हुने गरेको सिंहले बताए । साथै परम्परागत वाली लगाउनमा समेत कमि आएकाले परम्परागत बाली लोभ हुने  चिन्ता ब्यक्तm गरे  । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका अन्र्तगत देवल भोपुर ,रुइनाबगर , साईला बगर , खैइरा,पडेश , गोलाई , खप्तड छान्ना ,थलारा,केदारस्युँ र दुर्गाथली लगाएतका क्षेत्रहरुमा धान उत्पादन हुने गरेको छ ।  बझाङ  जिल्लामा सरोदर बर्षेनि १.२ प्रर्ति हेक्टर धान उत्पादन हुने गर्दछ । 


Views: 221

सम्बन्धित सामग्री:

मुस्ताङको स्याउ खेती

: मंसिर २०, २०७६ (४:०८ PM)

पहेँलपुर कुपिन्टार

: मंसिर १०, २०७६ (६:०९ PM)