7th December | 2019 | Saturday | 8:35:55 PM

तरकारी खेतीबाट करोडपति बनिन् अमृता

सरिशा अछामी   POSTED ON : असार २३, २०७६ (५:२२ PM)

तरकारी खेतीबाट करोडपति बनिन् अमृता

काठमाडौं । दोलखा घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका मुलपानी ९ मा बस्दै आएकी अमृता खड्का एक उदाहरणीय महिला बनेकी छिन् ।  दोलखाबाट  २० वर्ष अघि काठमाडौंमा आएकी थिईन  । विभिन्न काममा भौताारिएकी अमृता अरुको काममा भन्दा आफ्नो कामलाई बढी प्रथामिकता दिने स्वभावकी थिइन् । 

अरुको नोकरी गर्नुभन्दा आफुले नै केही काम गर्ने सोच बनाएर मकै पोल्ने पेशा अपनाएकी  थिइन । १० वषर्् अघि सुकेधाराको चोकमा मकै पोल्दैगर्दा तरकारी खेतीमा झुम्मिएकी उनी अहिले तरकारी खेतीबाट मुलपानीमा एक करोड भन्दा बढी लागत लगाएर  डेढ तलाको घर बनाएको अमृता बताउँछिन् । 

उनका ४ वर्ष देखि श्रीमान चन्द्र बहादुर खड्का विरामी छन्  । चन्द्र खड्का विरामी हुनु भन्दा पहिला रिक्सा चालक थिए । उनका ३ जना छोराछोरी छन् । ‘काठमाडौंमा कुनै काम नपाएर भौतारिएपछि मकै पोलेर दुई छाक खुवाएको थिए ।’ उनले भनिन् । मकैबाट राम्रो आम्दानी नभएको कारण खेती सुरु गरेको उनले बताइन् । उनले १० वर्ष देखि  भक्तपुर चागुनारायण नगरपालिका  ४ मा  ३ रोपनी जग्गा भाडामा लिएर काम गरिरहेकी छिन् । 

श्रीमान विरामी भएकै कारण धेरै खेती गर्न एक्लैले समय दिन नभ्याउने भएपछि उनले ३ रोपनी मात्र जग्गा भाडामा लिएर तरकारी खेती लगाएको बताईन् ।  

जग्गा भाडामा लिएर तरकारी, काँक्रा, गोलभेडा लगायत धान मकै पनि रोप्ने गरेको बताइन् । तरकारी खेतिबाटै ३ छोराछोरी र एक विरामी श्रीमानलाई उपचार  र छोराछोरीको राम्रो शिक्षा दिन र एक छोरीको विवाह गराउन सफल भएको उनको भनाइ थियो । 

सानै उमेरमा विवाह भएको कारण घरपरिवारले राम्रो व्यवहार नगरेकोले काठमाडौं आएको दुखेसो व्यक्त गरिन् । दोलखाको घरमा बस्न नदिएपछि काठमाडौंमा  आउनु परेको बाध्यता सुनाइन् । तर, हाल जग्गा भाडामा लिएर कृषि क्षेत्रमा काम गरेर मेहनत अनुसारको सफलता पाएकोमा दुःख विर्सिने बाटो भएको उनले बताईन् । 

कृषी क्षेत्रमा लागेर समाजमा उदाहरणीय बनेका महिला मध्य अमृता पनि एक हुन । जस्तो सुकै अवस्थामा पनि जीवनदेखि हरेस नखाएर आफै परिश्रम गरी पसिना बगाएर मिहेनतको फल प्राप्त गर्न सफल भएको अमृता बताउँछिन् । 

अमृता ४९ वर्ष भईन् । श्रीमान विरामी भएपनि उपचारको लागी कसैको अगाडि हात जोड्न नपरेको र अरुको घरमा भाडामा बस्न नपरेकाले तरकारी खेतीले धेरै सफल भएको उनी  बताउँछिन् ।

विगत १० वर्षदेखि तरकारी खेतीमा रमाउँदै आएकी उनको दैनिकी तरकारी लगाउने र बेच्ने गर्दैमा बित्ने गर्छ  । बिहान उठ्यो तरकारी बारीमा पुग्यो दिनभर तरकारीको स्याहार सम्हार गरेर बेलुका तरकारी बोकेर बजारमा लगेर घर र्फ्किने उनको दिनचर्या बनेको छ । दैनिक यसरी एउटै काम गर्दा पनि आफूलाई पट्यार नलागेको उनले सुनाइन् ।

तरकारी खेती गरेर उनले साढे ४ आना जग्गामा एक करोड बराबरको लगानीमा डेढ तलाको घर निर्माण गरेकी सकेकी छिन् । उनले अहिले ३ रोपनी जग्गाको ४१ हजार रुपैयाँ भाडा तिरेर तरकारी, गोलभेडा, फर्सी लगाएकी छिन ।

उनी भन्छिन–तरकारीबाटै परिवारको आर्थिक अवस्था पनि मजबुत बन्दै गएको छ । अहिले पनि ३ रोपनी जग्गामा तरकारी लगाएर सिजनमा ४/५लाखसम्मको आम्दानी लिने गरेकी छु । उनले केही वर्ष अगाडि १० रोपनी जग्गाको भाडा बार्षिक २५/२६ हजार तिर्नुपथ्र्यो । त्यस समयमा उनले हरेक सिजनमा ७÷८ लाख सम्म आम्दानी  गर्ने गरेको बताइन् । 

अहिले जग्गाको भाडा पनि बढेको छ । ‘पहिले आफु जति स्वस्थ थिए र पहिले जति काम गथैँ अहिले त्यति काम सक्दिन ।’  उनले भनिन् । अहिले छोराछोरीले पनि राम्रो शिक्षा लिएर पढाईको साथसाथै काम गर्न थालेको हुँदा  जग्गा घटाएर ३ रोपनी मा तरकारी उत्पादन गरिरहेको सुनाईन् । 

पहिलेको तुलनामा अहिले जग्गाको भाडा धेरै बढेको छ । उनले बिऊ,मल,तरकारी राम्रो फलाउनको लागि चाहिने औषधि लगायतका अन्य चिजहरुको पनि भाउ बढेको हुँदा पहिलेको तुलनामा कमाई घटेको बताउँछिन । तर पनि उनले बस्ने, खाने, लगाउने लुगा र छोराछोरीको खर्च बाहेक  वाषर््िाक रुपमा ५ लाख रुपैयाँ नाफा हुने उनले बताइन् । 

आफ्नो समय धेरैजसो बारीमै बिताउने अमृता सफल कृषक बनेको बताउँछिन् । अहिले व्यावसायिक तरकारी खेतीबाटै खड्काको जीवन बद्लिएको छ । हिम्मत लिएर खटेर पसिना बगाएमा पसिना र परिश्रमको फल पाइने उनको भनाइ थियो ।  

काम गर्न सक्ने र मन लगाएर काम गर्नेको लागि तरकारी खेति एकदमै राम्रो हुने उनी बताउँछिन् । उनी नेपालमा काम नपाएर विदेश जानेहरुलाई विदेशमा चाहिँ १२ घण्टा काम गर्न तयार हुने आफ्नो जन्म भूमिमा चाहिँ काम गर्न लाज मान्ने, अनि कहाँबाट पैसा कमाइन्छ भन्ने प्रश्न गर्छिन् ।  कृषि पेसामा धैर्य राखेर काम गर्न सकेमा सफलता पाइन्छ भन्ने विश्वास रहेको उनी बताउँछिन् । 

कामको अभाव तथा गरिबीको मारमा परेर छाक टार्न नसक्नेहरुले पनि थोरै लगानीमा जग्गा भाडामा लिएर मन लगाएर तरकारी खेती गर्यो भने पैसाको अभाव भएर रुनु नपर्ने र दुई चार जनाको ज्यान पाल्न पनि गाह्रो नहुने उनको भनाइ छ ।  उनी आफु सक्षम र निरोगी भएमा कृषी क्षेत्रबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश सबैलाई सुनाउन चाहेको धारणा उनले व्यक्त गरिन् । 


Views: 155

सम्बन्धित सामग्री:

मुस्ताङको स्याउ खेती

: मंसिर २०, २०७६ (४:०८ PM)

पहेँलपुर कुपिन्टार

: मंसिर १०, २०७६ (६:०९ PM)