18th August | 2019 | Sunday | 3:50:01 AM

सप्तरीमा ८६ प्रतिशत धान रोपाइँ

अनिल पोखरेल   POSTED ON : श्रावण १६, २०७६ (३:१४ PM)

सप्तरीमा ८६ प्रतिशत धान रोपाइँ


राजविराज । यस वर्ष समयम वर्ष हुदाँ सप्तरीमा साउनको दोस्रो सतासम्ममा ८६ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।  

कृषि ज्ञान केन्द्र प्रमुख भागिरथ यादवका अनुसार बाढीका कारण खेती योग्य ३ हजार २ सय हेक्टर जमिन डुवानमा परेको बाबजुत पनि ५९ हजार २०१ हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको बताएका छन । सप्तरीमा जम्मा खेतीयोग्य ७० हजार हेक्टर जमीन मध्ये सिंचित ४० हजार र असिंचित ३० हजार रहेको छ ।  

अन्तिम असारमा आएको बाढीका कारण खेतमा लगाइएको बेर्ना समेत डुवानमा परेकाले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका किसानहरुले रोपाई गर्न सकेको छैन ।  

उचित सिचाईको व्यवस्था एवम् समयमा पानी नपर्नाले जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन बाँझो हुने गरेको सो केन्द्र प्रमुख यादवले जनाए ।

    उता जिल्लाको पूर्वी–दक्षिण क्षेत्रको केही जमीनमा सिँचाइ भए पनि पश्चिम र उत्तरी भेगका खेतीयोग्य जमीनहरू अझै बाँझै रहेको छ ।

जिल्लमा सिंचाइको उचित व्यवस्था नहुँनाले वोदेवरसाइन, पातो महदेवा, वरही वीरपुर, सारस्वरोर, भुतही, खडकपुर, फुलकाही, ब्रह्मपुर, कोदरकट्टी, कविलासा मानराजा, अर्नाहा, , मलहनियाँ, हर्दिया रामपुर मलहनमा, कटैया, जमुवा, मोहनपुरलगायत पश्चिम र उत्तर क्षेत्रका केही स्थानमा यस वर्ष भारी वर्षा भएकाले सुख्खा रहेका खेतमा बाढीले पर्याप्त मात्रमा पानी भरिएपछि सो क्षेत्रमा अहिले धान रोपाइँ सम्पन्न भएको केन्द्रले तथ्याङ्क संकलन गरेको छ ।

कोशी पश्चिमी नहर, कोशी पम्प नहर र चन्द्र नहरमा पनि पर्याप्त पानी नभएका कारण तथा ती नहरहरूमा समयमा पानी नछाडिएका कारण समेत यहाँ धान रोपाइँ गर्न समस्या हुने गरेको कृषकहरुको गुनासो रहेको छ ।


Views: 40