17th February | 2020 | Monday | 5:52:09 AM

भारतिय केराका कारण सुनसरीका केराखेती किसान मारमा

  POSTED ON : फाल्गुन १८, २०७३ (५:१७ PM)

भारतिय केराका कारण सुनसरीका केराखेती किसान मारमा

इनरुवा । सुनसरी बबिया गाविस– ८ का एक किसान राजेश मेहता एक दशकदेखि भाडामा जग्गा लिएर २० बिघा क्षेत्रफलमा केराखेती गदै आइरहेका थिए । तर दुई वर्षयतादेखि निरन्तर रुपमा बजारमा केराको उचित भाउ पाउन नसकेका कारण उनी निराश हुनुभएको छन् । 

केराखेतीमा उत्पादन लागत बढेको, मूल्य तथा बजार निरन्तररुपमा ओरालो लागेका कारण २० बिघा क्षेत्रफलबाट उनले पाँच बिगाहा केराखेती घटाउन बाध्य भएको दुखेसो पोख्छन् । उनले सुरुमा प्रति बिगाहा एक लाख लगानी गर्दा तीन लाखसम्मको आम्दानी भएकोमा अहिले आएर केराखेतीमा प्रति बिगाहा दुई लाखसम्म लगानी गर्दा पनि एक लाखसम्म पनि आम्दानी हुन नसकेका कारण केराखेती घटाएको बताउँछन् । 


मेहता प्रतिनिधी पात्रमात्र हुन् यस्तै इनरुवा– ६ का विनोद महेता अहिले भाडामा जग्गा लिएर २० बिगाहा क्षेत्रफलमा केराखेती गर्दै आएका छन्  । तर अहिलेकै अवस्थामा भारतीय बजारबाट केरा नेपाल भित्रियो भने आफू केराखेती गर्न छोडेर अर्को पेसा अङगाल्ने उनको भनाइ छ । भारतीय केरा नेपाली केराभन्दा सस्तो हुने गरेको र उनीहरुले बेच्ने गरेको मूल्यमा आफूहरु केरा बेच्दा लागत समेत नआउने भएका कारण आफू अन्य पेसाको खोजीमा रहेको बताउँदछन् । 

जिल्लामा ६५० हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आएको छ । किसानले बर्से्नि केराखेती घटाउँदै लगेका छन् । विगत वर्षमा एक सय केरा चारसयमा बिक्री हुँदैआएकामा अहिले  एक सयदेखि  एक सय पचास सम्ममा बिक्री भइरहेको छ । 

भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका किसान मारमा परेका छन् । भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा केराखेती घटाउन नेपाली किसान बाध्य भएका हुन् । रासस


Views: 200