17th February | 2020 | Monday | 6:50:16 AM

बाख्रा स्रोतकेन्द्रको विकास

  POSTED ON : चैत्र ५, २०७३ (११:३८ AM)

बाख्रा स्रोतकेन्द्रको विकास

धादिङ । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् । 

दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन् । उनीसँग अहिले २९ बाख्रा छ । बाख्राका सुधारिएका राम्रा खोर बनाइएको छ । खरी जातको बाख्रा गोठमा पाल्न थालेपछि आम्दानी बढेको र यस वर्ष मात्र १२ ब्याडबाख्रा(पाठापाठी)बिक्री गरेको उनले बताइन् । घरको आम्दानीले खान नपुगेपछि उहाँका श्रीमान् भारतमा काम गर्न गएका छन् । छोरी र आमा मिलेर गाउँमा गरिएको व्यवसायले उनीहरुमा आम्दानी र सुख मिलेको छ । 

शाक्य मात्र होइन हुलाकभन्ज्याङ निवासी मनकुमारी बाणको खोरमा अहिले ११ बाख्रा छन् । उनले घर जस्तै गरी सफा पारिएको आधुनिक खोर बनाएकि छन् । भूकम्पले थिलथिलो पारेको अवस्थामा पनि वाणले घरसँगै बनाइएको बाख्राको खोर दिनदिनै सफा गर्ने र हरेक महिना बाख्रालाई जुकालगायत औषधि खुवाएर बाख्रापालन व्यवसाय गरिरहेकि छिन् । 

हेफर इन्टरनेसनलले फोकस नेपालमार्फत साना किसान सबलीकरण परियोजना सञ्चालन गरेपछि सालबासमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । सबै घरमा बाख्राको खोर बनाउने र हरेक घरमा घाँस उत्पादन गरी बाख्राबाट नै चैनपुरको विकासमा लागिपर्ने सहकारीको प्रतिबद्धता छ । हाल चैनपुरका सात सय घरमा आधुनिक घर निर्माण गरी बाख्रापालन सुरु गरिएको छ । रासस 


Views: 279