22nd April | 2018 | Sunday | 11:17:19 AM

कर फर्स्यौट ऐन खारेज गर्न अर्थ समितिको निर्देशन

  POSTED ON : Monday, 17 July, 2017 (8:04:16 PM)

कर फर्स्यौट ऐन खारेज गर्न अर्थ समितिको निर्देशन

हिमालय टाइम्स काठमाडौं । व्यबस्थापिका संसद्को अर्थ समितिले कर फर्स्यौट आयोग खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसद् सचिवालय सिंहदरवारमा सोमवार बसेको समिति बैठकले आयोग खारेज गर्न निर्देशन दिएको हो ।

यही ऐनमार्फत बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचारउन्मुख देखिएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिले कर फर्स्योट आयोग ऐेन २०३३ तत्काल खारेज गर्न निर्देशन दिएको हो । यसअघि समितिले उक्त ऐेन समयानुकूल संशोधन गर्न निर्देशन दिएको थियो ।

अर्थ मन्त्रालयले कर फर्स्योट आयोग ऐेन खारेज गर्ने प्रस्ताव नेपाल कानून आयोगमा पठाईसकेको छ ।