Date:2017/09/26 |Tuesday

शेयर बजार दोहोरो अङ्कले बढ्यो

Posted on: July 17, 2017 | views: 37 |

काठमाडौँ। साउन महिना हरियाली भएझै धितोपत्र बजारमा समेत हरियाली छाएको छ । 


आर्थिक वर्षको सुरुवातीबाटै हरियो झण्डाले स्वागत गरेको बजारले आज पनि निरन्तरता पाएको छ । बजार दोहोरो अङ्कले बढेर एक हजार ६०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार २०.५८ बिन्दुले बजार बढेको छ । 


कुल १५४ कम्पनीको २० लाख १२ हजार ४१५ कित्ता शेयर  ६९ करोड ४३ लाख ६९ हजार ४३५ मा कारोबार भएको छ । आइतबारभन्दा  एक करोडमात्रै बढी कारोबार भएको स्टकले जनाएको छ । 


यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४.४ बिन्दुले बढेको छ । आज सबै उपसूचकहरुमा समेत हरियाली छाएको छ । बैंकिङ २१.८३, होटल २६.३९, विकास बैँक २९.५७, जलविद्युत् ९.१८, वित्त क्षेत्र ५।२३, बीमा ९५.३५, उत्पादन समूह २७.०४ र अन्य समूह १.१६ बिन्दुले बढेको छ । 


आज हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेशनल माइक्रो फाइनान्स, फरवार्ड माइक्रो फाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर र किसान माइक्रो फाइनान्सको शेयरमूल्यसमेत बढेको स्टकले जनाएको छ । रासस 

Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं