Date:2017/08/18 |Friday

अष्ट्रेलियन एजुकेशन डे २०१७ आयोजना

Posted on: August 10, 2017 | views: 40 |

हिमालय टाइम्स काठमाडौं । विगत लामो समयदेखि एईसीसीले विद्यार्थीहरुको लागि कोर्ष, विश्वविद्यालय र अध्ययनका लागि उपयुक्त देश छनोट गर्ने लगायत कार्यमा मार्गदर्शन उपलब्ध गराउँदै आइरहेको छ ।
स्थापनाकालदेखि नै आफ्नो निरन्तर क्रियाकलापलाई निरन्तरता दिँदै यस संस्थाले यस पटक ‘अष्ट्रेलियन एजुकेशन डे’ ९, १० र ११ अगष्टमा आयोजना गरेको छ । संस्थाले होटल याक एण्ड यती,काठमाडौं , होटल पोखरा ग्राण्डी, पोखरा र होटल रोयल सेन्चुरी चितवनमा कार्यक्रमको आयोजना गरेको छ । उप प्रधानमंत्री र शिक्षामन्त्री गोपालमान श्रेष्ठद्वारा कार्यक्रम उद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपालका लागि अष्ट्रेलियाको राजदूत पीटर बड थिए ।


 काठमाडौंमा आयोजित कार्यक्रममा २७ ओटा अष्ट्रेलियन  विश्वविद्यालयका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । त्यसैगरी कार्यक्रममा ७०० विद्यार्थीहरुले काउन्सेलिङका लागि सहभागिता जनाएका थिए । पोखरामा १४ र चितवनमा १० ओटा विश्वविद्यालयका प्रतिनिधीहरुको उपस्थित रहने विज्ञप्ति मार्फत जानकारी दिइएको छ । अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधीसंग प्रत्य्क्ष भेटी विद्यार्थी तथा अभिभावकमा भर्ना, छात्रबृत्ति र भिषा डक्यूमेण्टेशन लगायतका बारेमा रहेका जिज्ञासा तथा दुविधा हटाउने उद्देश्यका साथ यससंस्थाले बर्षमा दुई पटक कार्यक्रमको आयोजना गर्ने गरेका छ । विद्यार्थीहरुले विश्वविद्यालयको भ्रमण गर्न नसक्ने अवस्थालाई समेतलाइ दृष्टिगत गरी सस्थाले विश्वविद्याल नै तिनका सामु उपस्थित गर्ने जमर्को उठाएका हो ।
एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने– ‘ यसले समग्र समस्याको समाधान एकै स्थानमा सल्ट्याउन सघाव पु¥याउर्ने हामीले अपेक्षा गरेका छौँ ।’
सन् २००८ मा स्थापित एईसीसी ग्लोबलको प्रधान कार्यालय अष्ट्रेलियाको मेलबर्नमा अवस्थित छ । हाल संस्थाले ८ देशका २३ ओटा शहरबाट आफ्नो सेवा प्रदान गरिरहेको छ । विद्यार्थीलाई प्रदान गरिने सटिक तथा उपयोगी काउन्सेलिङ्का कारण संस्था बजारमा रहेका अन्य भन्दा पृथक रहेको झाले बताए ।
बाहिर अध्ययन गर्दा सिकेका सिप तथा ज्ञानको माध्यमबाट विद्यार्थीले देशका लागि गर्न सक्ने योगदान सम्बन्धि सकारात्मक सल्लाहपनि हामी प्रदान गर्ने गर्छौँ’ एईसीसीका विजनेश हेडहरु रञ्जित कुमार अग्रवाल र सचिन उपाध्यायले भने ।
राष्ट्र विकासमा तेवा पु¥याउनु एईसीसीको प्रमुख उद्देश्य रहेको छ । यही उद्देश्य पुर्तिका लागि संस्थाले राष्ट्र विकासमा योगदान दिन सक्ने कोर्षपनि आफ्ना पाठ्यक्रममा समावेश गरेको छ ।




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं