Date:2017/08/18 |Friday

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा गौतम

Posted on: August 10, 2017 | views: 34 |


हिमालय टाइम्स काठमाडौं । सिद्धार्थ बैंकले शम्भु नाथ गौतमलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ति गरेको छ । बैकिङ्ग क्षेत्रमा ३० वर्षको अनुभव संगालेका गौतम सिद्धार्थ बैंकमा १५ वर्ष देखि कार्यरत छन्  । विगत ४ वर्ष देखि नायव कार्यकारी प्रमुख  पदमा कार्यरत रहेका गौतम श्रावण २६ देखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत को रुपमा नियुक्त भएका हुन् । 

बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४१ करोड खुद मुनाफा गरेको छ । सोहि अवधीमा बैंकको कुल निक्षेप रु. ७७ अर्ब ३१  करोड र कर्जा लगानी रु. ६७ अर्ब १७ करोड रहेको बताइएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं