Date:2017/10/23 |Monday

ग्लोबल आइएमई बैंकको नयाँ एटिएम सेवा

Posted on: August 10, 2017 | views: 40 |

हिमालय टाइम्स काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाण्डौँको पर्यटकीय नगरी ठमेलमा एटिएम सेवा थप गरेको छ । 

ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले  सातघुम्ती स्थित होटल गरुडामा सेवा विस्तार गरेको छ । 

ग्लोबल आइएमई बैंकको एटिएम संख्या ११६ पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ११२ वटा शाखा ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ११६ वटा एटिएम, ४६ वटा  शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं