Date:2017/10/23 |Monday

टाटा मोटर्सले गर्यो सबैभन्दा ठूलो शोरुमको उद्घाटन

Posted on: August 11, 2017 | views: 63 |

हिमलय टाइम्स काठमाडौं । टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी टे«डिङ्ग प्रा.लि. ले थापाथलीमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । ४ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको उक्त शोरुम नेपालकै सबै भन्दा ठूलो अटोमोबाइल शोरुमको रुपमा स्थापित भएको छ । 

शोरुम उद्घाटन गर्दै टाटा मोटर्सको  अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी ओम्मेनले भने– “सिप्रदीसँग हाम्रो साझेदारी निरन्तर रुपले अघि बढ्ेकोमा हामी निकै खुशी छौं । यस शोरुममा रहेका जेष्ट, बोल्ट, स्ट्रोम, टियागो र टिगोर जस्ता विभिन्न रेञ्जका गाडीहरु ग्राहकवर्गहरुलाई उचित मूल्यमा उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौं ।”

त्यसैगरि सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सिइओ राजन बाबु श्रेष्ठले भने, “यस नयाँ शोरुम मार्फत हामीले हाम्रो सेवा ग्राहकवर्गहरु बीच फैल्याउन पाएकोमा हामी निकै उत्साहित छौं । यस नयाँ शोरुमको उद्घाटनसँगै हामीले हाम्रा ग्राहकवर्गहरुलाई सहज, सरल र सुलभ सेवा र अनुभव प्रदान गर्न सफल हुनेछौं ।” 

नयाँ शोरुम हप्ताको सातै दिन विहान ९ बजे देखि बेलुका ९ बजे सम्म खुल्ला रहने जानकारी गराइएको थियो । कम्पनीको यस नयाँ शोरुम सहित अब देशभर टाटा मोटर्सको २० प्यासेन्जर गाडीका शोरुम र २४ सर्भिस केन्द्रहरु रहेको बताइएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं