Date:2017/08/18 |Friday

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको आन्दोलन स्थगित

Posted on: August 11, 2017 | views: 37 |

हिमालय टाइम्स काठमाडौं । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले हिजोदेखि सुरु गरेको आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । 

आयल निगम सञ्चालक समितिले माग पुरा गर्ने सहमति भएपछि एसोसिएसनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताइएको छ । 

प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

आजैबाट सबै आन्दोलनका कार्यक्रम स्थगित गरेर ढुवानी सुरु गर्ने बताइएको छ  । 

संसदको आफूर्ति तथा उपभोक्ता हित उपसमितिले पनि बिहीबार नै माग सम्बोधन गर्ने जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । 

इन्धनमा देखिएको आंशिक अभाव अब सहज हुने छ ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं