Date:2017/12/14 |Thursday

नौ किलो सुनसहित नुवाकोटबाट दुई जना पक्राउ

Posted on: August 12, 2017 | views: 84 |

नुवाकोट । अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको नौ किलो सुनसहित दुई जनालाई शनिबार नुवाकोट प्रहरीले पक्राउ गरेको छ। 

चीनको केरुङबाट राजश्व छली मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो। 

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नम्बरको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा छ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । रासस 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं