Date:2017/09/19 |Tuesday

बुटवलमा ८० प्रतिशत भारतीय स्याउ

Posted on: September 06, 2017 | views: 41 | चन्द्रकान्त खनाल


रुपन्देही ।  स्वदेशमै उत्पादन भएको जुम्लाको स्याउ बुटवलको बजारमा राम्रो बिक्री भैरहेको छ । गतवर्ष ६ टन आयात भएको स्वदेशी स्याउको यो वर्ष ४० टन कारोबार  भएको कृषि उपजकेन्द्र बुटबलले जनाएको छ । यो वर्ष स्याउको उत्पादन बढ्ने बुटवल कृषि उपज थोक तथा बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले वताए ।
स्याउको उत्पादन जुम्ला, कालिकोट, हुम्ला लगायतका स्थानबाट आउने स्याउको गत वर्ष ८४ लाखको कारोबार भएको पन्थीले जानकारी दिए । यो वर्ष नेपाली स्याउ करिब १३ हजार टन बुटवल आउने र त्यो वापत डेढ करोडको कारोबार हुने अनुमान पन्थीको छ । उपभोक्ताहरूमा अगार्निनक फलफुल खाएमा स्वास्थ्यलाई फाइदा गर्ने हुँदा स्वदेशी स्याउको माग बढेका कारणले यो वर्ष नेपाली स्याउको कारोबार बढ्ने अनुमान गरीएको पन्थीले जानकारी दिए ।
बुटवलमा २ महिना सम्म स्वेदेशी स्याउ सानो सानो परिमाणमा आउने गरेको छ । २ महिनामा आउने स्याउ एउटै समयमा आए पनि स्वदेशी स्याउले बुटवलको बजार १५ दिनसम्म धान्न नसक्ने लुम्बिनी फलफूल व्यवसायी संघका अध्यक्ष केशव कुँवरले वताए ।
गतवर्ष कुल १ अर्व ३० करोड ८४ लाख रकम बराबरको स्याउको कारोबार भएको यो वर्ष स्याउको कारोबारमा गतवर्ष भन्दा बढिमा २० प्रतिशतले बढ्ने अनुमान रहेको छ । गत वर्ष ७० करोड भारतीय स्याउको कारोबार भएको थियो भने चिनको स्याउको ६० करोड बराबरको कारोबार भएको थियो । नेपाली स्याउ ६० रूपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको थियो । भारतीय स्याउ गत वर्ष १ सय रूपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको थियो भने चीनको स्याउ ९० रूपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको थियो ।
यो वर्ष स्याउको मूल्यमा पनि १० देखि १५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरीएको अध्यक्ष कुँवरले जानकारी दिए । यो वर्ष चीनबाट स्याउ नभित्रिए पनि भारतिय स्याउ बजारमा रहेको छ । हाल बजारमा करिब ५ प्रतिशत नेपाली, १५ प्रतिशत चाइनिज र बाँकी ८० प्रतिशत स्याउ भारतीय रहेको उनले जानकारी दिए । स्वदेशी स्याउको कारोबार धेरै हुन नसक्नुमा स्याउको ग्रेडिङ्ग सुधार हुन नसक्नु मुख्य कारण रहेको छ भने प्याकेजिङ्गका सामग्रीहरूको अभावमा आएका स्याउ कुहिने समस्याहरू भएको अध्यक्ष कलाधर पन्थीले बताए  ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं