Date:2017/09/19 |Tuesday

विज्ञापन कर असुली हालकै उच्च

Posted on: September 07, 2017 | views: 51 | कौशिला कुँवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक २०७३।७४ मा हालसम्मकै उच्च विज्ञापन कर असुल गरेको छ । उक्त आवमा विज्ञापनबापत महानगरले ९ करोड ७६ लाख ३७ हजार ८ सय ३५ रुपैयाँ कर असुल गरेको हो । यो लक्ष्यभन्दा १३ सय ५६ प्रतिशतले बढी हो । महानगरपालिकाका राजस्व विभाग प्रुमख धु्रव काफ्लेका अनुसार गत आर्थिक वर्षमा विज्ञापन कर ७२ लाख ७३ हजार मात्र असुल गर्ने लक्ष्य लिएकोेमा ९ करोड ७६ लाख ३७ हजार ८ सय ३५ रुपैयाँ असुली गरेको हो । जुन असुली हालसम्म उच्च रहेको उनले बताए । अघिल्लो आव २०७२।७३ को तुलना १३४.३८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । गत आवमा ४ करोड १६ लाख ७४ हजार ९ सय ३० रुपैयाँ असुली गरेको थियो । 

आव २०७३।०७४ मा विज्ञापन कर संकलन हालसम्मकै उच्च असुलीमा राजस्व विभागका शाखा अधिकृत अब्दुल मजीइद खानको महŒवपूर्ण योगदान रहेको महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । अधिकृत खानले आप्mनो ज्यानकै बाजी राखेर विज्ञापन कर संकलन गरेको उनको भनाइ थियो । मजीइदले सडकमा भएका विज्ञापन कर नतिर्नेहरूको बोर्डलाई हटाएको र धेरै विज्ञापन करदातालाई करको दायरमा ल्याएर कर असुली गरेका कारण महानगर धेरै कर असुली गर्न सफल भएको उनले बताए । यसरी होर्डिङ बोर्ड हटाउँदा धेरैजसो व्यापारीले उनीमाथि हातपातको प्रयाससमेत गरेका थिए । 

चालु आर्थिक वर्षको विज्ञापन कर संकलन लक्ष्य भने २० करोड रहेको प्रवक्ता कार्कीले बताएका छन्् । महानगरले प्रतिवर्ग फुटका विज्ञापन कर असुल्दै आएको छ । यस्तै नियान, ग्लो साइन आदि प्रतिवर्ग फुट वार्षिक ५ सय रुपैयाँ तोकिएको छ भने डिजिटल डिस्प्ले प्रति वर्गफुट वार्षिक ८ सय, पर्खाल, बार भित्ताको प्रतिवर्ग फुट ८ सय रुपैयाँ तोकिएको छ । त्यस्तै सार्वजनिक स्थान र यात्रु प्रतिक्षालयमा राख्ने विज्ञापन सामग्रीमा प्रतिवर्ग फुट ३ सय रुपैयाँ तोकिएको छ । अन्यका हकमा भने प्रतिवर्ग फुट ५ सय रुपैयाँ रहेको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए । यस्तै पोल ब्यानर प्रतिहप्ता प्रतिब्यानर ५ सय रुपैयाँ र आकाशे पुलमा विज्ञापन प्रतिवर्ग फुट ३ सय रुपैयाँ रहेको छ । यस्तै मोबाइल भ्यान, गाडीबाट गरिने विज्ञापन व्यवसाय प्रतिदिन १ सय, आकाशमा बेलुन, ज्याकेटमा वा बेलुन बोकेर गरिने विज्ञापन प्रतिदिन १ सय, खेलकूद मैदानमा गरिने विज्ञापन प्रतिस्क्वायर फिट १० रुपैयाँ रहेको छ । ठेलागाडा तथा रिक्सामा गरिने खाद्यसम्बन्धी विज्ञापनको प्रतिदिन २० रुपैयाँ र सवारी साधनमा गरिने विज्ञापनअन्तर्गत छतमा गरिएको विज्ञापन प्रतिवर्ग फुट ५० रुपैयाँ, ढोका वा अन्य यस्तै भागको विज्ञापन प्रतिवर्ग फुट ४० रुपैयाँ, सवारीको पछाडिपट्टिको सीसामा प्रतिवर्ग फुट ६० रुपैयाँ र सवारी साधनमा विज्ञापन प्रयोजनका लागि माइकिङ प्रतिदिन १ हजार रुपैयाँ रहेको छ । पिकअप भ्यान वा यस्तै प्रकारका सवारीको पछाडि राखिने जुनसुकै विज्ञापन सामग्रीको प्रतिवर्ग फुट २० रुपैयाँ रहेको छ ।

महानगरले विज्ञापन करबापत आव २०६९।०७० मा ५० लाख ४० हजार २ सय १३ रुपैयाँ असुल गरेको थियो भने आव २०७०।०७१ मा ५८ लाख ८३ हजार १२१ रुपैयाँ, आव २०७१।०७२१ मा ६२ लाख ३७ हजार ८ सय ४३ रुपैयाँ असुल गरेको थियो । महानगरपालिकाले गत आवमा जम्ममा २ अर्ब ८२ करोड ८२ लाख ५ हजार ८ सय ६२ रुपैयाँ राजश्व असुली गरेको छ । लक्ष्य भने २ अर्ब ७८ करोड ८१ लाख १६ हजारको रहेको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं