Date:2017/11/25 |Saturday

दशैँका लागि नयाँ नोट

Posted on: September 13, 2017 | views: 72 | लेखनाथ पोखरेल

काठमाडौं । नेपाल राष्ट्र« बैंकले दशैंका लागि बुधबारदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले संवैधानिक निकाय, सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थान, बैंक तथा वित्तीय संस्था, सर्वसाधारण नागरिक तथा अन्य सरोकारवाला पक्षलाई विभिन्न दरका नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । 

राष्ट्र बैंकले नोट सहटीमा रहेको असहज अवस्थालाई ध्यानमा राखी विगत वर्षको तुलना वितरण केन्द्र र समयावधीसमेत थप गरेको छ । नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गरिने राष्ट्र बैंकका सहयक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । त्यस्तै आफूलाई पायक पर्ने नजिकका बैंकका शाखाबाट पनि नयाँ नोट सटही गर्न सकिनेछ । 

नेपाल बैंकका शाखा कार्यालयहरू काठमाडौं बैंकिङ अफिस न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरबाट सहटी सुविधा उपलब्ध हुनेछ भने राष्ट्रिय वाणिज्यका शाखा कार्यालयहरू सिंहदरबार प्लाजा भवन, टेकू, नयाँबानेश्वर, सानोठिमी, विशालबजार र नक्सालबाट पनि सहटी सुविधा उपलव्ध हुनेछ । त्यस्तै कृषि विकास बैंकका शाखा कार्यालय गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार र नेपाल राष्ट्र« बैंकको मुद्रा व्यवस्थापन विभागका सटही काउण्टरबाट पनि सहटी सुविधा उपलब्ध हुने प्रवक्ता पण्डितले जानकारी दिएका छन् । 

अन्य वाणिज्य बैंकबाट प्रतिव्यक्ति अधिकतमा २० हजार र राष्ट्र बैंक काउन्टरबाट भने प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा प्रदान गरिने राष्ट्र बैकले जनाएको छ । सटही सुविधालाई सहजरूपमा कार्यान्वयन गर्न प्रत्येक दरका नोटको खुद्रा संख्या १०० को प्याकेटका आधारमा मात्र सटही गरिने भएकाले सोहीअनुसार नोट सहटीको माग गरी नोट सटही कार्यमा सहयोग पु¥याउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ । 

संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य संघसंस्थालगायतलाई सम्बन्धित निकायको पत्रको आधारमा थापाथलीको काउण्टरबाट भदौ २१ गतेदेखि ३० गतेसम्म नोट सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । उपत्यकाबाहिरका कार्यालयहरू र यस बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकलाई समेत बुधबारदेखि सर्वसाधारणलाई नयाँ सटहीको सुविधा उपलब्ध राष्ट्र बैंकले निर्देशन दिएको छ । प्रतिव्यक्ति अधिकतम २० हजार दरले सटही सुविधा उपलब्ध गराइने प्रवक्ता पण्डितले बताएका छन् ।

प्रवक्ता पण्डितका अनुसार करिब ४० अबदेखि ५० अर्बबराबरका नयाँ नोट वितरण हुनेछन् । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने निश्चित रकममात्र सटहीका लागि उपलब्ध गराउने राष्ट्र« बैंकले जनाएको छ । निजी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र« बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । गत वर्षको दशैंमा करिब ३२ अर्ब रुपैयाँका नयाँ नोट साटिएकोमा यस वर्ष भने ४० देखि ५० अर्ब रुपैयाँका नोट साटिने राष्ट्र बैंकले अनुमान गरेको हो । 

१० रुपैयाँदरको नयाँ नोट

नेपाल राष्ट्र बैंकले १० रुपैयाँदरको नयाँ चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा साविककै रंगमा साविकको तीनवटा कृष्णसारहरूको सटटामा एउटा कृष्णसमारको चित्र रहेको छ । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको मध्यभागको पृष्ठभूमिमा गरुड नारायणको चित्र रहेको छ । दायाँतर्फ भने लालीगुराँसको पानी छाप रहेको छ । नोटको तल्लो भागमा गभर्नर डा. चिरञ्जीवी नेपालको हस्तगत रहेको छ भने तल्लो भागको बायाँ र दायाँपट्टि संकेत नम्बर रहेको छ । नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर नेपालीमा विस २०७३ लेखिएको छ । 

नोटको पृष्ठभागतर्फ माथिल्लो बीच मागमा अंग्रजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा एउटा कृष्णसारको चित्र रहेको छ । मध्य भागको पृष्ठभूमि फिक्का हरियो रंगको रहेको भने नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज टेन लेखिएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं