Date:2017/10/17 |Tuesday

८० लाखभन्दा बढी लगानी गरेर डग स्कुल र पार्लर

Posted on: September 20, 2017 | views: 283 |

हिमालय टाइम्स 

काठमाडौं । विदेशमा अध्ययन गरी स्वदेश फर्किएका युवा जोडीले ८० लाखभन्दा बढी लगानीमा डग पार्लर सञ्चालनमा ल्याएका छन् । दुई दाजुभाइ प्रणव  र सञ्जीव जोशीले कुकुरलाई आवश्यक पर्ने तालिम दिने उद्देश्यका साथ भक्तपुरको सूर्यविनायकमा कुकुरका लागि विद्यालय, होटल र डग पार्लर सञ्चालन गरेका हुन् । 

कुकुरलाई तालिमका साथै डग क्लिनिक र पार्लर  पनि सञ्चालन गर्दै आएका छन् । चीन र ताइवानमा कुकुरसम्बन्धी अध्ययन गरेर फर्किएका प्रणवले विदेशमा प्राप्त ज्ञान र सीपलाई नेपालमा सदुपयोग गरेको बताए । कुकुरलाई पनि मानिसलाई जस्तै फेसनदार बनाएर पाल्नु पर्ने प्रणव उनी बताउँछन् । कुुकुरका लागि विशेष तालिम, होटल, पार्लर र क्लिनिक समेत सञ्चालनमा ल्याएको सञ्जीव जोशीले बताए । 

कसैले घर छोडेर बाहिर जानुपर्ने भएमा कुकुर राख्ने व्यवस्थासमेत गरिएको उनले जानकारी दिए । उनले भने, ‘हाम्रो समाजमा कुकुरलाई भगवानको प्रतीक मान्ने चल्न छ । तर कुकुरको उमेर ढल्किँदै गएपछि सडकमा ल्याएर छोडिदिने प्रवृत्ति देखिएको छ । जसका कारण सरकारलाई समेत सडकका भुसिया कुकुर नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।’ कुकुरलाई कुकुरसँगै कसरी घुलमिल बनाउने, घरमा मानिस नभएका बेला नकराई कसरी बस्ने बानी लगाउने र कुकुरलाई घरको हेरचाह गर्न सहयोग गर्न सिकाउनेलगायत तालिम दिइने उनीहरूले बताए । सुुरुमा प्रणवलाई साथीले कुकुरको डाक्टर पढेर के गर्छ भन्ने गरेका थिए । अब म कुकुरलाई पनि मानिसलाई जस्तै एकै थलाको  शिक्षा, स्वास्थ र तालिम दिन सकिन्छ भनेर प्रमाणित गर्न आफू लागिपरेको उनले बताए ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं