Date:2017/12/17 |Sunday

दशैं योजनाका विजेतालाई अग्नि ग्रुपद्वारा बधाई ज्ञापन

Posted on: September 20, 2017 | views: 53 |

हिमालय टाइम्स काठमाडौं । अग्नि ग्रुपले चाडपर्व तथा नाडा अटो शोको अवसरमा आफ्ना भगिनी संस्थाहरु अग्निमोटो इन्कको तथा अग्नि इन्कर्पोरेटेडको लागि क्रमशः“सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” तथा ‘महिन्द्राविग, विग्गर विग्गेष्ट अफर’ दुई वटा योजना प्रस्तुत गरेको थियो । 

लक्की ड्रको अग्निमोटो इन्क अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्राप्तगर्न सकिन्छ । यसरी पहिलो १५ दिनमा रानीहार प्राप्त गर्ने पहिलो विजेतामा भैसेँपाटीका बीरबहादुर तामाङ्ग  तथा माहिन्द्रा मोजो बाइकको लागि पथरी मोरङ्गका बुद्धिबल राईले जितेका छन् ।

उक्त योजनाहरुमा सहभागी तथा विजेतालाई अग्नि ग्रुपले कृतज्ञता एवम् हार्दिक बधाई ज्ञापन समेत गरेको थियो । 

विस्तृत जानकारीको लागि कृपया अग्नि गु्रपको आधिकारिक फेसबुक पेजमा प्राप्त गर्न सक्ने जनाएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं