Date:2017/10/17 |Tuesday

१५ अर्ब बराबरको नयाँ सटही

Posted on: September 27, 2017 | views: 85 | कौशिला कुँवर

काठमाडौं । दशैँका लागि १५ अर्ब बराबरको नयाँ नोट सटही भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारसम्म १५ अर्ब बराबरको नयाँ नोट सहटी भएको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार सोमबारसम्म १२ अर्ब बराबरको नयाँ नोट सहटी भएको थियो । 

गत वर्ष दशैँ ११ अर्ब बराबरको नयाँ नोट सहटी भएको थियो । राष्ट्र बैंकले यसपटक सहटी व्यवस्थालाई सहज बनाएको थियो । नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट भदौ २८ गतेदेखि ५, १०, २०, ५० र १०० दरका नयाँ सहटीको व्यवस्था गरिएको थियो । राष्ट्र बैंकको काउण्टरबाट प्रतिव्यक्ति २७ हजार र अन्य बैंकका काउन्टरबाट प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म सटही गर्न सकिने व्यवस्था गरिएको थियो । 

त्यस्तै राष्ट्र बैंकले दशैँको टीकको दिनबाहेक दशैँ बिदामा पनि बैंक सञ्चालन गर्न निर्देशन जारी गरेको छ । असोज १ गते अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गर्दै दशैँको सार्वजनिक बिदाका दिन बैंकिङ कार्यालय खुला राख्ने व्यवस्था मिलाउन भनेको थियो । अर्थ मन्त्रालयले राजस्व संकलन गर्ने राष्ट्र बैंकलगायत सम्पूर्ण बैंक र राजस्वबाट प्राप्त हुने चेक क्लियरिङ बैंकहरू र नेपाल क्लियरिङ हाउसका कार्यालयसमेत खुला राख्ने व्यवस्था मिलाउन निर्देश गरेको थियो । एनआइसी एशिया बैंकले उपत्यकाभित्र पुल्चोक, थानकोट र ठमेलबाट बैंकिङ सेवा प्रदान गर्ने भएको छ भने उपत्यकाबाहिर धरान, मिर्चैया, जनकपुर, वीरगञ्ज, पोखरा, विर्तामोड, इलाम, दमक, बुधबारे, धरान र विराटनगरबाट सेवा प्रदान गर्ने भएको छ । 

माछापुच्छ«े बैंकले दमौली, भैरहवा, वीरगञ्ज, महेन्द्रपुल, बगर, लेकसाइड, लेखनाथ, बनेपा, न्यूरोड, लाजिम्पाट, कमलविनायक, गोगंबु, पुतलीसडक, पाटन, नयाँबानेश्वर, इलाम, बुटवल, नारायणगढ, विराटनगर, नेपालगञ्ज, धनगढी, बिर्तामोड, विराटचोक, राजविराज, मिर्चैया र जनकपुरबाट सेवा प्रदान गर्ने भएको छ । सानिमा बैंकले प्रधान कार्यालय नक्सालमा ३६५ दिन नै सेवा प्रदान गर्दै आएको कुमारीपाटीमा ११ र १२ गते साथै दमक, इटहरी, जनकपुर, लालबन्दी, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीबाट सेवा प्रदान गर्ने भएको छ । 

ग्लोबल आइएमई बैंकले कान्तिपथ, वीरगञ्ज, बाग्लुङ, लगनलखेल, गाईघाट, न्यूरोड, पोखरा, विराटनगर, बुटवल, नारायणगढ, न्यूरोड, नेपालगञ्जबाट सेवा प्रदान गर्ने भएको छ । कृषि विकास बैंकले बिर्तामोड, विराटनगर, इटहरी, धरान, गाईघाट, लहान, सिरहा, कल्याणपुर, जनकपुर, बर्दिवास, कलैया, नारायणगढ, कलंकी, लगनखेल, कोटेश्वर, चावहिल, न्यूरोड, सल्लाघारी, पोखरा, दमौली, स्याङ्जा, कुश्मा, भैरहवा, वुटवल, घोराही, लमही, धम्वोजी, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट सेवा प्रदान गर्ने भएको छ भने बैंक अफ काठमाण्डूले कमलपोखरी र नेपाल इन्भेष्टमेन्ट बैंकले दरबारमार्ग, पुल्चोक, न्यूरोड, पुतलीसडक, कोटेश्वर, ठमेल, कालिमाटी, बौद्ध, बत्तीसपुतली, गोगंबु, धुम्बाराही, सिपाडोल, नक्साल र कीर्तिपुर, वीरगञ्ज, भैरहवा, विराटनगर, पोखरा, नारायणगढ र जनकपुरबाट सेवा प्रदान गर्ने भएको छ । नबिल बैंकले महाराजगञ्ज, बालाजु, नयाँ बानेश्वर र न्यूरोड शाखाबाट सेवा प्रदान गर्ने भएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं