Date:2017/10/20 |Friday

मालपोत कार्यालय बुटवलमा आधा कम राजश्व संकलन

Posted on: October 10, 2017 | views: 53 | चन्द्रकान्त खनाल

रुपन्देही  । बुटवल मातपोत कार्यालयले आर्थिक बर्ष सुरु भएको दुईमहिनामा रजिष्टेशन पासवाट ५ करोड ७९ लाख र  पुँजीगत लाभकरवाट १ करोड ३९ लाख गरि कुल ७ करोड ८ लाख राजस्व संकलन गरेको छ ।

आर्थिक बर्ष सुरु भएको साउनमा  ३ करोड ३९ लाख र भाद्रमा २ करोड ४० लाख संकलन भएको छ । पँुजिगत लाभकर १ करोड ३९ लाख संकलन भएको मातपोत कार्यालय बुटवलले जनाएको छ ।

 गत आर्थिक बर्षको तुलनामा यस बर्षको राजस्व संकलन न्युन हो । आर्थिक बर्ष ७३–७४ को साउनमा  ६ करोड ७९ लाख ८३ हजार र भाद्रमा  पनि ६ करोढ ४० लाख भन्दा बढी राजस्व संकलन भएको  मातपोत कार्यालय बुटवलका प्रमुख मातपोत अधिकृत यादवराज पान्डेले बताए ।

 आर्थिक बर्ष ७३–७४मा ६३ करोड १४ लाख  र पुँजीगत लाभकर १३ करोड ६६ लाख संकलन भएको पान्डेले बताए ।  मालपोत कार्यालय बुटवलबाट ३५ सय ३६ विगाह २ कठ्ठा साढे ७ धुर गाँउ बल्क १ लाख ५१ हजार ५ सय ३६ बर्ग किमी र सरकारी कार्यालयको २ सय ६५ विगाह ३ कठठा ७ धुर जग्गा बुटबल मालपोत कार्यालयले हेर्ने गर्दछ ।   उक्त जग्गाको भोग चलन भने ३ लाख ३६ हजार ३ सय ३३ जना जग्गा धनी रहेका छन । उक्त जग्गाको ३३ लाख ३२ हजार६ सय १९ किता जग्गा रहेको अधिकृत पान्डेले बताए ।

अधिकृत पान्डेले भने ‘गत बर्षका तुलनामा  प्रत्यक्ष असर परेको छ ।’ सरकारले किता काटमा रोक लगाउनु र बैकहरुले घरजग्गामा लगानी नर्गुको मुख्यकारण रहेको उनको बताए । जिल्ला मातपोत कार्यालय रुपन्देहीबाट बुटवल भैरहवा र मर्चवार गरि ३ ठाउँबाट सेवा दिएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं