Date:2017/12/14 |Thursday

जमुनाद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

Posted on: October 13, 2017 | views: 63 |

हिमालय टाइम्स

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी कार्यकालका लागि अष्टेलिया निवासी जमुना गुरुङ घलेले उम्मेदवारी घोषणा गरेकी छन् । एनआरएन नेपालीको माग र अपेक्षालाई पूरा गर्न, महिला सशक्तीकरण र सहभागितालाई स्थापित गर्न, सामूहिक नेतृत्वको अवधारणाअन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न, एनआरएनलाई आर्थिकरूपमा पारदर्शी बनाउन, एनआरएनको परियोजनालाई समयमै सम्पन्न आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा घलेले जानकारी दिइन् । 

केही दिनअघि भनव भट्टले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । अध्यक्ष पदका प्रत्यासी भट्ट अहिलेका उपाध्यक्ष हुन भने गुरुङ संघको वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन् । एनआरएनमा दुई प्यानलबीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ । यही शनिबारदेखि काठमाडौंमा संघको ८ औं विश्व सम्मेलन सुरु हुँदैछ । लामो गृहकार्यपछि जित्ने निश्चित भएपछिमात्रै उम्मेदवारी घोषणा गरिएको घलेले दाबी गरेकी छन् । 

संघमा हाल २५ सयभन्दा बढी मतदाता छन् । टिबी कार्कीले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । भट्टको प्यानलबाट उपाध्यक्षमा कुमार पन्त र महिला उपाध्यक्षमा सपिला राजभण्डारी र गुरुङ समूहबाट उपाध्यक्षमा सोनाम लामा र खगेन्द्र सिजी रहेका छन् । यस्तै महासचिबमा भट्ट समुहबाट बद्री केसी र गुरुङ समूहबाट त्रिलोक गुरुङ उम्मेदवार बनेका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं