Date:2017/11/23 |Thursday

सिटिजन्स–दोहा बैंकबीच रेमिट्यान्स सम्झौता

Posted on: November 14, 2017 | views: 36 |

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कतारको दोहा बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । दोहामा एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कतारस्थित नेपाली राजदूत रमेश कोइरालाको उपस्थितिमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अस्टे«लिया, टर्की, बेलायत, क्यानाडा, बंगलादेशलगायतका राष्ट्रबाट दोहा बैंकको विप्रे्रषण प्रणालीमार्फत नेपालमा पठाएको विप्रे्रषण रकम सरल र सहजरूपमा सिटिजन्स बैंकका शाखाबाट प्राप्त गर्न सकिन्छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको विप्रे्रषण व्यवसायलाई अझ व्यवस्थित बनाउन थप सहयोग पुग्ने बताए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं