Date:2017/11/23 |Thursday

लुम्बिनीको शाखा केरखा बजारमा

Posted on: November 14, 2017 | views: 39 |

काठमाडौं । लुम्बिनी विकास बैंक झापाको कमल गाउँपालिकाको केरखा बजारमा छैटौं शाखा विस्तार गरेको छ उक्त शाखा कमल गाउँपालिकाका अध्यक्ष मेनका काफ्ले उद्घाटन गरिन् । बैंक सञ्चालक समिति अध्यक्ष सुशीलराज पराजुलीले बैंकका विभिन्न सहरलगायत ग्रामीण भेगमा समेत क्रमशः सेवा विस्तार गर्दै जाने नीतिबमोजिम केरखामा शाखा विस्तार गरिएको बताए । केन्द्रीय कार्यालय डिल्लीबजारबाट सञ्चालन भई मुलुकका विभिन्न भागमा रहेका छैटौं शाखा सञ्जाल तथा १२ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं