Date:2017/11/23 |Thursday

जापान एयरलाइन्सद्वारा कार्गो सेवा सुरु

Posted on: November 14, 2017 | views: 33 |

काठमाडौं । जापान एयरलाइन्सले नेपालबाट कार्गो सेवा सुरुवात गरेको छ । हाल विभिन्न आधुनिक विमानमार्फत विश्वका ९२ वटा गन्तव्यमा प्रदान गर्दैै आएको एयरलाइन्सले नेपालका लागि स्टारलाइट एक्प्रेसलाई तोकेको छ । हामीले धेरै मिहिनेतसाथ यो सेवाको सुरुवात गरेका छौं । स्टारलाइटका प्रबन्ध निर्देशक सुन्दर दाहालले भने– यो नेपाल र नेपालीका लागि गौरवको विषय हो । दुई देशबीचको कार्गो सेवाले दुई देशीय आर्थिक सहयोगमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले अपेक्षा गरेको छ । हाल नेपालबाट दिल्लीसम्म नेपाल एयरलाइन्स र दिल्लीबाट जापानसम्म जापान एयरलाइन्समार्फत हरेक दिन कार्गो सेवा उपलब्ध गराउँदै आएको छ । उच्चस्तरी सेवा र सुविधासहित सेवा विस्तार गरिरहेको जापान एयरलाइन्सको दररेट अन्य एयरलाइन्सको तुलनामा सस्तो रहेको पनि कम्पनीले दाबी गरेको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं