Date:2017/11/23 |Thursday

माथिल्लो कर्णालीको म्याद थपिएकोमा आपत्ति

Posted on: November 15, 2017 | views: 19 |

हिमालय टाइम्स

काठमाडौं । माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान केन्द्रीय समितिले जिएमआरसँगको सम्झौताको म्याद थपिएकोमा आपत्ति जनाउँदै निर्णय तत्काल खारेजीको माग गरेको छ । 

सम्झौताको म्याद एक वर्ष थप गरेर सरकारले गम्भीर गल्ती गरेको समितिको भनाइ छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी समितिले ७० अर्बमा निर्माण परियोजना सम्पन्न हुने उक्त परियोजनालाई बढाएर १६५ अर्ब पु¥याएर ८५ अत्र्र संस्थागत भ्रष्टाचार गरेको आरोपसमेत लगाएको छ । प्रा.डा. सुरेन्द्र केसीले नेपालको विकासको आधार जलश्रोत भए पनि विसं २००७ सालदेखि नै कोशी, गण्डकी, टनकपुरजस्ता ठूलठूला नदी भारतलाई सुम्पिएर नेपालको आर्थिक विकासको ढोका बन्द गरिएको बताए । 

माथिल्लो कर्णाली बचाऊ अभियानका अभियन्ता रतन भण्डारी, अधिवक्ता पदम रोका, वरिष्ठ पत्रकार गोविन्द सिंह थापाले नेपालको संविधानको धारा ५१ मा प्राकृतिक स्रोत र साधनलाई न्यायोचित वितरण गर्ने तथा देशको हित अनुकुल संरक्षण गर्ने तथा जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्ने व्यवस्था भएपनि सरकारले जालसाजीका आधारमा सम्झौता गरेको बताए । 

नेकपा माओवादी क्रान्तिकारीका नेता सीताराम तामाङले सम्झौताको म्याद एक वर्ष थप गर्ने निर्णय तत्काल खारेज हुनुपर्ने बताएका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं