Date:2017/11/23 |Thursday

ओपो एफ फाइभ मोवाइल

Posted on: November 15, 2017 | views: 17 |

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो मोवाइल्सले नेपाली बजारमा आफ्नो नयाँ मोडल ओपो एफ फाइभ सार्वजनिक गरेको छ । साथै ‘सेल्फी एक्स्पर्ट एण्ड लिडर’ मा परिस्कृत गरिएको घोषणासमेत गरेको छ । मंगलबार सार्वजनिक गरिएको ओपो एफ फाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडी प्लस फूल स्क्रिन डिस्प्ले मोडल भएको कम्पनीले जनाएको छ । 

३३ हजार ९ सय ९० मूल्य रहेको ओपो एफ फाइभ नोभेम्बर १५ देखि नेपालभरका प्रमुख मोवाइल विक्रेता तथा बिक्री केन्द्रमार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै फोनमा रहेको १६ मेगा पिक्सेल क्षमताको रियर क्यामेराबाट दिन रात दुबै समयमा उत्कृष्ट तस्विर लिनको सकिने पनि कम्पनीको दाबी छ । सार्वजनिक समारोहमा नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धीहरू बुद्ध लामा, निशान भट्टराई र प्रदाप दासको उपस्थिति रहेको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं