22nd May | 2018 | Tuesday | 6:43:00 PM

एडिबीको नयाँ देशीय निर्देशकमा उज्वेक नागरिक

  POSTED ON : Thursday, 23 November, 2017 (12:14:39 PM)

एडिबीको नयाँ देशीय निर्देशकमा उज्वेक नागरिक

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)को नेपाल निर्देशकमा उज्वेकिस्तानका ऊर्जा विशेषज्ञ मुख्तोर खामुदाखनोभ नियुक्त भएका छन् । 

करिब सात महिनादेखि रिक्त उक्त पदमा उनलाई एडिबीका अध्यक्षले हालै नियुक्त गरेका हुन र उनी कार्यभार सम्हाल्न काठमाडौँ आइसकेका एडिबीको कार्यालयले जनाएको छ । 

इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि आर्थिक नीति तथा व्यवस्थापनका साथै वित्तीय व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका नवनियुक्त देशीय निर्देशक खामुदाखनोभ सन् २००१ देखि एडिबीमा आबद्ध छन् । रासस