Date:2017/12/14 |Thursday

एनबी बैंकका थप चार शाखा

Posted on: December 06, 2017 | views: 30 |

काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी बैंक)ले ५१ औं, ५२ औं, ५३ औं र ५४ औं शाखा सञ्चालनमा ल्याएको छ । जुम्लाको सिन्जा, धनकुटाको भेडेटार, साङ्गुरीगढी तथा तेह्रथुमको छत्तरते, सङ्खुवासभाको पाँचखपनमा शाखा विस्तार गरेको हो । सो  अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, नायब महाप्रबन्धक सुरेन्द्र भूषणको उपस्थिति रहेको थियो । साथै बैंकले भेडेटारको साङ्गुरीगढी परिसरमा एटिएम सेवा पनि थप गरेको छ । ४ थप शाखासहित बैंकले ५४ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ४८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको जनाएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं