19th July | 2018 | Thursday | 1:47:31 PM

मूल्य बढाएको भन्दै हाड्वेयर बिक्रेता विरोधमा

चन्द्रकान्त खनाल   POSTED ON : Monday, 01 January, 2018 (5:25:09 PM)

मूल्य बढाएको भन्दै हाड्वेयर बिक्रेता विरोधमा

रुपन्देही । उद्योगीले मनोमानि छड–सिमेन्टको भाउ बढाएको भन्दै रूपन्देहीका हाड्वेयर बिक्रेताले विरोध गरेका छन । 

रूपन्देही सिद्धार्थ निर्माण सामग्री व्यवसायी संघले बुटवलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उद्योगीहरुले गएको एक हप्ता देखि विरगञ्ज नाकाबाट भित्रने किलिङ्कर सहज नभएको भन्दै कृतिम रूपमा सिमेन्ट र छड उद्योगले भाउ बढाएकोे बताएका छन । 

संघका अध्यक्ष सुनिल मरासिनीले यो मूल्य वद्धिको आपत्ति जनाउदै भने उद्योग सँग महिनौ पुग्ने किलिङ्कर स्टक छ । तर विभिन्न बाहाना बनाएर मूल्य बढाउदा व्यवसायि र उपभोक्ता मारमा परेका छन् ।उनले रूपन्देही र कपिलवस्तुका उद्योग बाट वार्षिक करिब १५ अर्ब जति राजस्व चुहावट भएको पनि खुलासा गरे ।

सरकार तथा प्रशासनबाट उद्योगमा किलिङ्करको अभाव सहज गराइ उद्योगमा भएका किलिङ्करहरुको माौज्दात अनुगमन र उद्योगमा रहेका खरिद भएका सामानहरु चेक जाँच गरि सत्य तथ्य आम उपभोक्तालाई जानकारी गराई उचित मुल्यमा छड, सिमेन्ट उपलब्ध हुनु पर्ने कुरा संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 संस्थाका द्धितिय उपाध्यक्ष विष्णु बरालले छड, सिमेन्टको मुल्य मनपरी रुपमा आफुखुशि बृद्धि हुँदा उपभोक्ता र व्यवसायीहरु ठूलो मर्कामा परेको बताएका छन् । केहि दिन अगाडि ४५० देखि ५०० रूपैया प्रतिबोराको सिमेन्ट हाल ६५० रूपैयाँमा बिक्रि भएको व्यवसायि बताउछन भने ६५० रुपैयाँ सम्म बिक्री भएको राम्रो गुणस्तरको सिमेन्ट ७५० सम्ममा बिक्री भइरहदा सरोकारवाला निकाय बेखबर बनेको व्यवसायीको गुनासो छ ।

उद्योगले थोक रुपमा बिक्रि गर्ने मालसमान बिलमा कम मूल्य देखाउने गरेको पनि व्यवसायिको भनाई छ ।उद्योगले माल बिक्रि गर्दा पटक पटक एउटै बिलवाट कारोबार गरि भ्याट रकम ठगि गरेको तर सरोकारवाला निकायको ध्यान नगएको व्यवसायीको आरोप छ । 

व्यवसायीले कृितम रूपमा उद्योगीले बढाउने गरेको छड, सिमेन्टको भाउ नघटे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।