15th October | 2018 | Monday | 10:19:34 PM

थानेश्वरलाई व्लडमनी जुट्यो

  POSTED ON : Thursday, 04 January, 2018 (4:07:22 PM)

थानेश्वरलाई व्लडमनी जुट्यो

हिमालय टाइम्स 

काठमाडौं । चार बर्षअघि रोजगारीका लागि साउदी पुगेका नवलपरासीको मध्यबिन्दु नगरपालिका ८ का ३७ बर्षीय थानेश्वर भुसाललाई साउदी जेलबाट छुटाउन आवश्यक रकम (ब्लडमनि) जम्मा भएको छ । साउदीको जेलमा रहेका भुसालको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)को अगुवाईमा ४५ लाख रकम जम्मा भएको पिएजसिसिले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । पिएनसिसिले भुसाल बचाउ अभियान सञ्चालन गरेर रकम संकलन गरेको हो । उद्धारका लागि आधाभन्दा धेरै रकम पिएनसिसिको भुसाल बचाउ अभियानको नेपाल बैकको खातामा जम्मा भइसकेको छ । आवश्यक आधा रकम विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएको पिएनसिसिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । गत भदौ २५ गते सुरु भएको अभियान लागि सञ्चालन गरिएको बैंक खातामा २३ लाख १५ हजार २ सय ४३ रुपैयाँ जम्मा भइसकेको छ । त्यस्तै, विभिन्न व्यक्ति तथा संघ संस्थाले २३ लाख २० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । भुसाललाई जेलबाट छुटाउन ४५ लाख नेपाली रकम (ब्लडमनी) तोकिएको थियो ।  उनलाई  जेलमुक्त गराउन डेढ लाख रियाल लाग्नेछ । उनलाई तोकेको जेल अवधि सकिएपनि जरिवाना नबुझाएका कारण जेलबाट छुटेका छैनन् । 

थानेश्वर विनालाइसेन्स सवारी चलाएको मुद्दामा जेल परेका हु्न । २०६८ असोज ७ गते साउदी गएका उनी २०६९ साल जेठ २९ गते दुर्घटनामा परेका थिए । भुसालले चलाएको टिपरमा अर्को गाडीले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने गाडीमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिदाँ अर्को गाडीमा रहेका २ जान व्यक्तिको ज्यान गएको थियो । जुन दुर्घटनामा भुसाल पनि घाइते भएको थिए । कम्पनीका साहुले सवारी साधन कुदाउन अनुमति नदिएको बयान दिएपछि भुसाललाई साउदी सरकारले दोषी ठहर गरी ४ बर्ष जेल र साउदी रियाल डेढ लाख जरिवाना तोकेको थियो । कम्पनीले लाइसेन्स नबनाइदिएको हुँदा विना लाइसेन्स गाडी चलाएको अभियोगमा भुषाललाई आधा दोषि ठहर गर्दै मृतक साउदी नागरिकका परिवारलाई तिर्नुपर्ने ३ लाख रियाल व्लड मनि मध्ये आधा अर्थात १ लाख ५० हजार भुषालले तिर्नुपर्ने साउदीको अदालतले फैसला गरेको थियो । सोही व्लड मनि तिर्न नसकेका भुषाल जेल जीवन काटिरहेका छन् । साउदीमा मादकपदार्थ सवेन गर्नेलाई  र सवारी चलाएर नियम उंलङघन गर्नेलाई कडा कारवाही हुने गरेको छ । साउदीमा सानो मुद्दा परेपनि त्यहाँको सरकारले दोषीसँग घटनाका आधारमा (ब्लड मनि) जरिवाना भराउने गरेको छ । साउदी रोजगारीका लागि गएका धेरै नेपालीले विभिन्न मुद्दामा जेल परी (ब्लडमनि) कुसिररहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको एक अध्ययनले देखाएको छ । साउदी गएको ४ बर्षमा ब्लडमनिमार्फत दुई दर्जनभन्दा बढीको जेलमा परेका नेपालीको उद्धार गरिएको छ ।      

साउदी, कतार, बहराइन, कुवेत, यूएई, मलेसिया, दक्षिण कोरिया, अष्ट्रेलियामा रोजगारीका लागि गएका नेपाली तथा एनआरएनको सहयोगी संस्थाहरुले भुषाललाई जेलमुक्त गराउन सहयोग उपलब्ध गराएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिए । 


Views: 58