26th April | 2018 | Thursday | 2:51:46 AM

सहकारी महासंघको ७ बुँदे घोषणापत्र

  POSTED ON : Sunday, 07 January, 2018 (3:51:04 PM)

हिमालय टाइम्स

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीका मूल्य मान्यता र सिद्धान्तको परिपालन गर्दै स्वनीयमन र व्यावसायिक नेतृत्व विकास गरी सुशासित सहकारी संघसंस्थाको विकासका लागि प्रतिबद्धसहित ७ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

राजधानी आयोजित दुई दिने सहकारी संघसंस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन राष्ट्रिय कार्यशालाले नेपालसमेत विश्व सहकारी अभियानको साझा प्रतिवद्दताअनुरूप दिगो विकास लक्ष्य २०३० हासिल गर्न सहकारी क्षेत्रको योगदानलाई अझ वृद्धि गर्दै यस क्षेत्रको गुणात्मक विकासका लागि प्रतिबद्धता जनाएको छ ।

नेपालको संविधान, २०७२ ले परिकल्पना गरेअनुरूप सहकारी अभियानलाई सवल र सक्षम बनाउन सहकारी ऐन २०७४ को परिपालनामा प्रतिबद्ध रहँदै सहकारीमैत्री नभएका दफाहरु नेतृत्वदायी निकायको सहकार्यमा परिमार्जन गर्न र सहकारीमैत्री नियमावली तर्जुमा गर्न सरकारसँग माग गरिएको छ । त्यस्तै सहकारीको प्रवद्र्धन र सुदृढीकरणका लागि सहकारी संघसंस्थासँग समन्वयकारी भूमिका निर्वाह गरी सहकारीमैत्री कानुन निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएको छ । 

सहकारी विधि र प्रक्रिया बमोजिम महिला तथा युवाहरुको सहभागिता सुनिश्चितता तथा आर्थिक सामाजिक सवलीकरणका लागि आवश्यक नीति नियम परिमार्जन गरी कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै सहकारीका उत्पादन, प्रशोधन, बजारीकरण था सेवाको व्यवसायिक विकासका लागि सहकारी संस्था र संघको भूमिकालाई सवल तुल्याउन प्रयत्नशील रहने काठमाडौं घोषणापत्रमा उल्लेख छ । त्यस्तै सहकारीको योगदानलाई वृद्धि गरी आर्थिक, सामाजिक समृद्धिको यात्रामा सहकार्य गर्न सबै सरोकारवाला निकायबीच समन्वय गर्ने गराउने प्रतिबद्धतासमेत जनाएको छ ।