26th April | 2018 | Thursday | 2:54:29 AM

२० अर्बको फर्निचर र फर्निसिङ माग

  POSTED ON : Sunday, 07 January, 2018 (3:53:20 PM)

२० अर्बको फर्निचर र फर्निसिङ माग

हिमालय टाइम्स

काठमाडौं । नेपाली बजारमा २० अर्ब रुपैयाँबराबरको फर्निचर तथा फर्निसिङको माग रहेकोमा करिब ५० प्रतिशत आन्तरिक उत्पादनबाट पूर्ति हुने गरेको बताइएको छ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको शनिबार राजधानीमा आयोजित तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा उक्त जानकारी दिइएको हो । 

खासगरी चीन, भारत, सिंगापुर, मलेसियालगायतबाट फर्निचर तथा फर्निसिङ सामग्री आयात हुने गरेको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले फर्निचर तथा फर्निसिङमा भएरको परनिर्भरता हटाउन स्वेदेशी उद्योगलाई प्रोत्साहित गरिनुपर्ने बताए । जसका लागि लगानीको वातावरण बनाउन बैंकले न्यूनतम ब्याजदरमा कर्जा प्रदान गर्नुपर्ने उनको माग थियो ।

महासंघका अध्यक्ष सुरेन्द्रकुमार शारदाले नेपाली बजारमा फर्निचरको माग रहेकाले यस क्षेत्रको विकास गरेमा फर्निचर खरिदका लागि बाहिरिने अर्बौं रुपैयाँ देशमै राख्न सकिने बताए । नेपाली फर्निचर व्यवसाय विदेशी फर्निचरसँगको प्रतिस्पर्धामा उत्रन सक्ने अवस्था बनाउन स्वदेशी फर्निचर व्यवसायलाई प्रोत्साहित गर्नुपर्ने बताए । देशका मुख्य मुख्य शहरी क्षेत्रमा मात्र सीमित व्यवसायलाई विस्तार गर्दै लैजानु आवश्यकता कार्यक्रममा गरियो ।

महासंघका अनुसार काठमाडौं उपत्यकामा मात्र १० हजार हाराहारीमा फर्निचर व्यवसाय सञ्चालनमा रहेका छन् जसबाट ५० हजारले रोजगारी पाएका छन् । फर्निचर व्यवसायलाई उद्योगका रूपमा विकास गर्न आवश्यक सीप तथा तालिम दिएर दक्ष जनशक्ति उत्पादनका साथै विदेशी प्रविधि भिœयाउनुपर्ने महासंघले जोड दिएको छ ।