19th July | 2018 | Thursday | 1:43:27 PM

कृषि र पशुपालन क्षेत्रमा राज्यको पर्याप्त लगानी हुन सकेन : धनराज गुरुङ

  POSTED ON : Monday, 08 January, 2018 (11:19:20 AM)

कृषि र पशुपालन क्षेत्रमा राज्यको पर्याप्त लगानी हुन सकेन : धनराज गुरुङ

चन्द्रकान्त खनाल

रुपन्देही । नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ नेल्टाको लुम्बिनी अञ्चल स्तरीय भेला तथा प्रशिक्षण बुटवलमा सम्पन्न भएको छ ।

भेलाको एक कार्यक्रमका विच नेपाली कांग्रेसका नेता धनराज गुरुङले गरेका छन । उदघाटन कार्यक्रममा बोल्दै नेता गुरुङले नेपालमा भ्रष्टाचार र शुशासनका लागि नागरिकहरुको खवरदारि आवश्यक रहेको वताए ।

उनले देश भ्रष्टाचारको दलदलमा फसेको भन्दै त्यसबाट निकालेर आर्थिक सम्बृद्धितर्फ दोर्याउन्ु आजको आवश्यकता रहेको समेत बताए । नेता गुरुङले नेपालको कृषि र पशुपालनको क्षेत्रमा राज्यको तर्फबाट प्रयाप्त लगानी हुन नसकेको भन्दै महत्वपुर्ण विषय अझेलमा परेको स्वीकार गरे ।

कार्यक्रमा बोल्दै अधिकासं बक्ताहरुले सरकारले पशुप्राबिधीक र पशुसेवालाई प्राथामिकता नदिएको बताए । नेपालमा  अहिले ४० हजार पशुप्राबिधिक हरु रहेको  र २० हजार भन्दा बढी सरकारी  करार र अस्थायी कर्मचारीले  नेपालको  कृषि तथा पशु क्षेत्रमा  कार्यरतर रहेको बताएका छन । उनीहरुले देशको अर्थतन्त्रलाई टेवा पुराउदै आएको भएपनि सरकारले फरक व्यवहार गरेको बताए ।

सरकारले मन्त्रालय घटाउने बहानामा  पशुपंछि मन्त्रालयलाई कायम राख्नु पर्ने उनले बताए । कार्यक्रममा हिमालय पोख्रेल, सुरेश कुमार श्रेष्ठ, लक्ष्मण घिमिरे, युवराज पाण्डे  लगायतले बोलेका थिए । लुम्बिनी अञ्चलका ६ जिल्लाका पशुप्राविधीकहरुको सहभागि रहेको थियो ।