23rd July | 2018 | Monday | 7:32:17 PM

आनमा नयाँ नेतृत्व

  POSTED ON : Saturday, 13 January, 2018 (3:58:10 PM)

आनमा नयाँ नेतृत्व

सरकारले जोर्डनमा रोजगारीमा महिला घरेलु कामदार पठाउन २३ वटा म्यानपावर कम्पनीलाई अनुमति दिएको छ । वैदेशिक रोजगार विभागले अनुमति पाएका म्यानपावर कम्पनीको नाम सार्वजनिक गरेको छ ।

जोर्डन सरकार र नेपाल सरकारबीच गत कात्तिक २ गत्ते भएको श्रम सम्झौताअनुसार घरेलु कामदार पठाउन २३ वटा कम्पनीलाई तोकिएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए । उनले भने, ‘तत्कालका लागि सरकारले घरेलु काममा महिला जार्डनमात्र पठाउने अनुमति दिएको छ । जोर्डनबाहेक अन्य देशमा घरेलु कामका लागि महिलालाई जाने अनुमति नभएकाले कसैको लहलहैमा लागेर नजान पनि विभाग आग्रह गर्छ ।’

रोजगार व्यवसायीले भने घरेलु कामदार कार्यविधि २०७२ मा घरेलू कामदार पठाउन सूचीकृत भएका म्यानपावर कम्पनीले छुटटै नगद २५ लाख राख्नुपर्ने नियम खारेज हुनुपर्ने माग गरिरहेका बेला सरकारले यस्तो निर्णय गर्नुको अर्थ नहुने बताएका छन् । बैदेशिक रोजगार ब्यवसायी संघकी कोषाध्यक्ष राधिका कटुवालले सरकारले महिला पुरुष भनेर रोजगारीमा जाने कामदारलाई भेदभाव गरेको बताइन् ।सरकारले जोर्डनमा मात्र महिला कामदार घरेलु काम पठाउनु रहस्यपूर्ण रहेको पनि उनले दाबी गरेकी छिन् । सरकारले अनुमति दिएका म्यानपावर कम्पनीमा भैरव इन्टरनेशनल प्रालि, काठमाडौं इन्टरनेशनल प्रालि, वल्र्ड वाइड इम्प्लोइमेन्ट प्रालि, अग्नि ओभरसिज प्रालि, अर्थ भिजन म्यानपावर सर्भिज प्रालिलगायत अन्य १७ वटा रहेका छन् ।

जोर्डन घरेलु काम महिला कामदार पठाउन अनुमति पाएका म्यानपावरको नाम वैदेशिक रोजगार विभागको वेभसाइडमा राखिएको छ ।