17th October | 2018 | Wednesday | 6:12:56 PM

शेयर जारी गर्दै रसुवागढी र सान्जेन हाइड्रोपवार

हिमालय टाइम्स   POSTED ON : Thursday, 08 February, 2018 (3:44:51 PM)

शेयर  जारी गर्दै रसुवागढी र सान्जेन हाइड्रोपवार

काठमाडौं । नेपाल बिद्युत् प्राधिकरणअन्तर्गतको रसुवागढी जलबिद्युत् आयोजना र सान्जेन जलबिद्युत् कम्पनीले शेयर  निस्कासन गर्ने भएका छन् । दुवै आयोजनले प्राधिकरण, चिलिमे जलबिद्युत् कम्पनी, स्थानीय तहका कर्मचारी र सञ्चयकोषका सञ्चयकर्ताका लागि शेयर  जारी गर्ने भएका हुन् । रसुवागढीले कर्मचारीका लागि २४ प्रतिशत र सञ्चयकोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत शेयर जारी गने भएको हो । कम्पनीका संस्थापक संस्थाहरू बिद्युत् प्राधिकरण, चिलिमे जलबिद्युत् कम्पनी र रसुवा जिल्लाका स्थानीय तहका कर्मचारीका लागि ३.५ प्रतिशत तथा संचयकोषका कर्मचारीका लागि १ प्रतिशत गरी कुल २४ प्रतिशत शेयर निस्कासन गरिने दुवै कम्पनीद्वारा बुधबार आयोजित सयुक्त पत्रकार सम्मेलन जानकारी दिइएको हो । प्राधिकरण, चिलिमे जलबिद्युत् कम्पनी र रसुवाका स्थानीय तहका कर्मचारीका लागि २३ लाख ९४ हजार ७३५ कित्ता र कर्मचारी संचयकोषका कर्मचारीका लागि ६ लाख ८४ हजार २१० कित्ता शेयर छुटयाइएको छ । जसका लागि चैत ५ गतेदेखि १३ सम्म आवेदन दिइसक्नुपर्नेछ । संचयकोषका कर्मचारीका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरका लागि भने फागुन ११ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिनेछ । रसुवाको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ मा निर्माणाधिन आयोजनाको अनुमानित लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ । २०७६ साल पुस १५ देखि बिद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको यस आयोजनाले हालसम्म ६० प्रतिशत काम सम्पन्न गरेको छ ।

त्यसैगरी सान्जेनले सञ्चयकोषका सञ्चयकर्ता, बिद्युत् प्राधिकरण र चिलिमे जलबिद्युत् कम्पनीका कर्मचारीका लागि शेयर निस्कासन गर्न लागेको छ ।  सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि २४ प्रतिशत अर्थात्् ८७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर निश्कासन गर्न लागेको हो । सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँको शेयरका लागि फागुन ११ देखि ३० गतेसम्म आवेदन दिनुपर्नेछ । बिद्युत् प्राधिकरण, चिलिमे जलबिद्युत् कम्पनीका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर छुटयाएको छ भने सञ्चयकोषका कर्मचारीका लागि ३ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर छुट्याइएको छ । सान्जेनको अधिकृत पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा चिलिमे जलबिद्युत् कम्पनीको ३९.३६ प्रतिशत, बिद्युत् प्राधिकरणको १०.३६ प्रतिशत, स्थानीय तहको १.२८ प्रतिशत संस्थापक शेयर रहेको छ । दुई अर्ब २२ करोडमा १४.८ मेगावाटको माथिल्लो सान्जेन र पाँच अर्ब २ करोड रुपैयाँमा ४२.५ मेगावाटको सान्जेन जलबिद्युत् आयोजना निर्माणाधिन अवस्थामा रहेको छ । माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट बिद्युत् उत्पादनको लक्ष्य राखिएको छ भने सान्जेनबाट २०१९ को जुलाईसम्ममा निर्माण सक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । शेयर आवेदकले देशभरी रहेका सि आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा आफ्नो परिचयपत्र पेश गरी आवदेश दिनुपर्नेछ भने आवेदकको अनिवार्यरूपमा डिम्याट खाता हुुनुपर्नेछ ।

रसुवागढीले दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई छुटयाइएको १० प्रतिशत अर्थात् ६८ लाख ४२ हजार १०० कित्ता र अन्तिम चरणमा सर्वसाधारणका लागि छुटयाइएको १५ प्रतिशत अर्थात् १ करोेड २ लाख ६३ हजार १५० कित्ता शेयर निस्कासन गर्ने भएको छ । सान्जेनले पनि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई छुटयाएको १० प्रतिशत र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुटयाएको १५ प्रतिशत शेयर निस्कासन गर्ने भएको छ । कम्पनीको प्रतिशेयर मूल्य १०० रुपैयाँ रहेको छ ।


Views: 7