17th October | 2018 | Wednesday | 6:25:13 PM

नवौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुँदै

  POSTED ON : Sunday, 11 February, 2018 (5:27:03 PM)

नवौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुँदै

हिमालय टाइम्स । दुई दशक अघि स्थापना भएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने गरी मेला आयोजना गर्दैछ । 

स्थापनाकाल देखिनै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरीमा बढाउने उद्धेस्य लिएको संस्थाले बताएकोा छ । 

केही समय यता नेपालले आप्mनो लोक संस्कृतिलाई विश्व समुदाय सामु उजागर गर्न थालेको भएतापनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको कला संस्कृति नै हो भन्ने कुराको पुष्ठ्याई हुन सकिरहेको छैन ।

नेपालको अनौठो सांस्कृितक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ । यस्तो स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्नुपर्ने आवस्यकतालाई औंल्याउँदै कार्यक्रम आयोजना हुन लागेको बताईएको छ ।

यस संस्थाले “पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक सस्कृतिको  आधार” भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला ९ज्ञकत क्ष्लतभचलबतष्यलब िँयपि ँभकतष्खब िद्दण्ण्द्द० आयोजना गरेको थियो । त्यसपछि हरेक दुई दुई बर्षमा आयोजना गरी निरन्तरता दिदै यस संस्थाले  २०७४ साल फाल्गुन १७ गते देखि फाल्गुन २६ गते सम्म नवौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला –२०७४ आयोजना गर्न गइरहेको छ ।

प्रथम अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेला देखि आठौं अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेला सम्म आइपुग्दा करिब ६५ भन्दा बढि देशका ३५०० भन्दा बढि कलाकारहरुले आ–आफनो देशको मौलिकता झल्कने झांकी सहित बिविध लोक सांँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

 आजका दिनसम्म आईपुग्दा यस संस्थाले विश्वको ६५ भन्दा बढी मुलुकमा लोक सांस्कृतिक कार्यक्रम मार्फत नेपाली लोक संस्कृतीको पहिचान र प्रवद्र्धन गराउदै आएको छ । 

विश्वका इस्टोनिया, ग्रीस, इन्डोनेसीया, बङगलादेश, भारत, मलेसिया, कोस्टारीका, इटाली, इजरायल, टर्की र नेपाल सहित विश्वका ११ भन्दा बढी राष्ट्रबाट विभिन्न सांस्कृतिक समुहका ३०० भन्दा बढी कलाकारहरुले भाग लिने निश्चित भइसकेको संस्थाले जनाएको छ ।

 


Views: 5