18th September | 2018 | Tuesday | 9:49:30 PM

स्वदेशी दाना उद्योग उपेक्षित

  POSTED ON : Thursday, 08 March, 2018 (12:41:57 PM) Views: 0

स्वदेशी दाना उद्योग उपेक्षित


पछिल्लो समय माछाका दाना उत्पादन गर्ने उद्योग नेपालमै स्थापना हुने क्रम बढेको छ तर गैरकानुनीरूपमा भारतीय दाना भित्रिने गरेकाले नेपाली दाना उद्योग समस्यामा परेका छन् । कतिपय व्यवसायीले माछापालनका नाममा भारतबाट दानाका व्यापार गरेको पाइएको छ । तयारी दानामा भन्सारदर न्यून रहेको र दानाको कच्चापदार्थमा दशदेखि तेइस प्रतिशतसम्म भन्सार लाग्ने गरेका कारण भारतबाट दाना आयात हुने गरेको छ । दानाका लागि विभिन्न कच्चा पदार्थ आवश्यक हुन्छ, कतिपय कच्चापदार्थ तेस्रो मुलुकबाट पनि आयात हुने गरेको छ ।

सरकारले एकातिर आत्मर्निभरको कुरा गर्ने, अर्कोतर्फ स्वदेशी उद्योगलाई निरुत्साहित गर्ने काम गरिरहेको छ । कच्चा पदार्थ आयातमा भन्सार सहुलियत नभएसम्म नेपाली दाना उद्योग फस्टाउन सक्दैनन् । आयातित दानाको तुलनामा स्वदेशमै उत्पादित दाना गुणस्तरीय छ, आयातित दानाको गुणस्तरमा किसान ढुक्क हुनसक्ने अवस्था छैन । स्वदेशी दानाको गुणस्तरमा शंका गर्ने ठाउँ हुन्न किनभने गुणस्तरमा शंका लागेमा किसानले गुनासो गर्ने ठाउँ छ, उद्योगले नै जिम्मेवारी लिन्छ । सरकारले माछा पालनलाई जस्तै दाना उद्योगलाई पनि अनुदान र विद्युत्मा सहुलियत दिने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

सुशील शर्मा

अध्यक्ष

माछापुच्छ«े एग्रो प्रोडक्ट्स प्रालि