18th September | 2018 | Tuesday | 9:54:39 PM

बजारको अभाव

  POSTED ON : Thursday, 08 March, 2018 (12:47:45 PM) Views: 0

बजारको अभाव

काठमाडौंको बजारमा भारतीय माछाको दबदबा रहेकै समय २०६९ सालमा हामीले जिउँदो माछा बिक्रीको सुरुवात गरेका थियौँ । हाल काठमाडौंमा जिउँदो माछाको व्यापारले व्यापकता पाइरहेको छ । काठमाडौं उपत्याकामा मात्र ५६ वटा बिक्री केन्द्रबाट जिउँदो माछा बिक्री भइरहेको छ । काठमाडौंबाहिर पोखरा, चितवन, काभ्रेलगायतका शहरमासमेत जिउँदो माछाका बिक्री केन्द्र खुलेका छन् ।

जिउँदा माछामा उपभोक्ताको आकर्षण छ, तर ढुवानी र बजारको उपयुक्त व्यवस्था नहुँदा सबै ठाउँमा पु¥याउन सकिएको छैन । जिउँदो माछा ढुवानी गर्ने सवारी साधनको व्यवस्था नहुँदा बजारसम्म जिउँदै माछा पु¥याउन धेरै जोखिम बहन गर्नुपर्ने अवस्था छ । हालसम्म व्यवसायीले आफ्नै पहलमा यो काम गरिरहेका छन्, सरकारबाट कुनै सहयोग भएको छैन ।

त्यतिमात्र होइन, ढुवानीका क्रममा बाटोमा प्रहरीले अनावश्यक दुःखसमेत दिने गरेको छ । नेपाली माछाका लागि सरकारले बजारसमेत व्यवस्था गरेको छैन । सरकारी स्वामित्वको बजार कालीमाटी, बालाजुमा नेपाली माछाले प्रवेश पाउन सकेको छैन । कालीमाटीस्थित थोक बजारमा भारतीय माछाकै दबदबा  छ । माछा र माछा किसानका नाममा तारे होटलमा ठूलाठूला गोष्ठी, सम्मेलन गरिन्छ तर किसानले केही पाउँदैनन् । हाल साधारण माछाको थोक मूल्य १९० देखि २०० रुपैयाँ छ भने जिउँदो माछाको थोक मूल्य ३७० देखि ३८० रुपैयाँसम्म छ ।    

-जंगबहादुर शाह

जिउँदो माछाका अभियन्ता