20th June | 2018 | Wednesday | 2:48:40 PM

काबेली कोरीडोरलाई तिब्रता दिन स्थलमै पुगेर कुलमानको निर्देशन

बिजय बोध लावती   POSTED ON : Saturday, 10 March, 2018 (1:37:01 PM)

काबेली कोरीडोरलाई तिब्रता दिन स्थलमै पुगेर कुलमानको निर्देशन

पाँचथर । दुई पटकसम्म म्याद थप गर्दा पनि १३२ केभिए ट्रान्समिसन लाइन कावेली कोरीडोरको निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण ढिलाइले उत्पादन हुन लागेको ७० मेगावाट बिद्युत त्यसै खेरजाने भएपछि विद्युत प्राधिकरणले अनुगमनलाई तिब्रता दिन थालेको हो । झापाको लखपुरदेखि इलाम हुदै पाँचथरको अमपुरसम्मको ९० किलोमिटर दुरी रहेको काबेली कारीडोर प्रसारण लाइनमा पर्ने चारवटा शवस्टेसनको काम सम्पन्न भएको छ । सन् २०१३ देखि निर्माण थालिएको काबेली कोरीडोर इलाम र पाँचथर क्षेत्रमा ४२ वटा ट्रान्समिसन लाइनको टावर र तार जडान गर्न बाँकी रहेको जनाइएको छ । यसको कुल लागत तीन अर्व ५८ करोड रुपियाँ रहेको जनाइएको छ । 

उत्पाद हुन लागेको ७० मेगावाट बिद्युत त्यसै खेरजोनबाट जोगाउन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङले निर्माणाधिन १३२ केभिए ट्रान्समिसन लाइन कावेली कोरीडोरको अनुगमन गरेका थिए । बिभिन्न वाहना गर्दै ठेकेदार कम्पनीले काम नगर्दा काम अपेक्षित नभइरहेको बुझेपछि कार्यकारी निर्देशक घिसीङल बस्तुस्थिति बुझ्न र समस्या पहिचान गर्न स्थलगत अनुगमनलाई तिब्रता दिएको बताए ।

कार्यकारी निर्देशक घिसिङले स्थलगत रुपमा सरोकारवालालाई निर्माणमा ढिलाइ भैरहेको काबेली कोरीडोर चाँडै बनाउन यसको बस्तु स्थिति बुझेर समस्या समाधान गर्ने घिसिङको भनाइ छ । निर्देशक घिसिङ अवरोध स्थलगत बस्तुस्थिती बुझ्न विहीबार इलाम हुदै फिदिम आइपुगेर सरोकारवालाहरुसंग छलफल समेत गरे । उनले शुक्रबार विहान फिदिमस्थित जोरसालमा कोरीडोरको ट्रान्मिसन लाइन टावर राखिने स्थल र थापाटारको सव स्टेशनको समेत अवलोकन गरे । जनप्रतिनिधि र प्रशासनसँग कोरीडोरको काम चाँडै सक्नमा सघाउन निर्देशक थिङले आग्रह गर्नुका साथै ठेकेदारलाई छिटो गर्न निर्देशन समेत दिए । 

काबेली कोरीडोर निर्माणमा इलाम क्षेत्रको सिद्धिथुम्का र चमैतामा जग्गा अधिग्रहण तथा बन कटानी विवादले अवरोध थियो । फिदिम क्षेत्रको जोरसालमा विवाद सुल्झी सकेको जानकारी गराए ।   कोरीडोर निर्माण ढिलाई भए प्रशारण अभावमा पाँचथरबाट चाँडै उत्पादनमा आउन लागेको चारवटा हाइड्रोको विद्युत खेर जाने अवस्था छ । पाँचथरमा २५ मेघावाटको कावेली ‘वि’ वान र २१ मेघावाटको तल्लो हेवाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । त्यसैगरी १४ मेगावाटको माथिलो हेवाखोला र १० मेगावाटको रैराङ हाइडोको निर्माण अन्तीम चरणमा पुगेको छ । विद्युत खेर जान नदिन निर्देशक घिसिङले समय नथपीने जनाउ दिदै सम्झौता अनुसार वैशाख भित्र काम सक्न काबेली कोरीडोर निर्माणकर्ता भारतीय कम्पनी जगुआर एस्टर जेभीलाई सुझाब दिनु भएके छ । 

काबेली कोरीडोरका आयोजना व्यवस्थापक दिपेन्द्रराज द्विवेदीले स्थिर सरकारको अभाव तथा चुनावका कारण पनि कोरीडोर निर्माणमा ढिलाई भएको बताए । इलाम क्षेत्रमा देखिएको विवाद समाधानमा यहाँका प्रमुख जिल्ला अधिकारीले गम्भीरताका साथ सहयोग नगर्दा अवरोध हट्न नसकेको गुनासो समेत गरे । सुरक्षाकर्मीको साथ लिएर भएपनि कोरीडोरको काम समयमै सम्पन्न गर्न गराउन लाग्नुपर्ने द्विवेदीको जोड छ ।

सोहि अवसरमा विद्युत प्राधिकरणले इलाम, पाँचथर र ताप्लेजुङको ग्रामिण विद्युतीकरणका लागि केन्द्र सरकारबाट १ अर्व २० करोड रुपियाँ बजेट छुट्टीएको बताइएको छ । यहि क्रममा निर्देशक घिसिङ फिदिम–४ मा बनिरहेको तल्लो हेवा जलविद्युत आयोजनाको पावर हाउसको निर्माण स्थल पुगेर सरोकारवालासँग छलफल गरेका छन् ।