16th December | 2018 | Sunday | 6:43:23 PM

सुजुकीको एडिक्सन सिलेरियो एक्स बजारमा

  POSTED ON : Tuesday, 13 March, 2018 (5:42:02 PM)

सुजुकीको एडिक्सन सिलेरियो एक्स बजारमा

हिमालय टाइम्स। सि.जि. मोटोकर्प, नेपालका लागि सुजुकी फोर व्हिलरस्को आधिकारिक वितरक तथा सि.जि. होल्डिङ्ग को अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने स्र्पोटि र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ ।

सिलेरियो एक्स स्र्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स् थीममा आधारित ग्राफिक्स्, गाडीको दायाँ वायाँ भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको दावी छ ।

ग्रिल, फोग गार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियर मा लगाएको अत्यन्त चमकदार कालो आवरणले सुरुवात मै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि–पिलर यसको अर्को ट्रेन्डि विशेषता बताइएको छ ।

 

सिलेरियोले आपूmलाई पूर्ण फेमिली कारको रुपमा नेपाली बजारमा स्थापित गरेको दावी गरेको छ । 

सिलेरियो एक्स सम्पूर्ण नयाँ पप्रिका ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । यो रंगले युवा जोश र स्र्पोटिनेस झल्काउँछ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् ।


यस गाडीको सुरुवाती मूल्य २६ लाख ९९ हजारमा बजारमा उपलब्ध छ ।


Views: 10